१५ साउन, बुटवल । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीको कोटिहवामा जारी १८ औं लिस्नुकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पशुपति माविको मैदानमा मंगलबार भएको खेलमा प्रहरीले भैरव फुटबल क्लब नवलपरासीलाई १-० ले पराजित गरेको हो ।

प्रहरीलाई जिताउन धनीराम चौधरीले खेलको ४९ औं मिनेटमा गोल गरे । खेलमा उनै चौधरी म्यान अफ द म्याच भए । बुधबार हुने तेस्रो क्वार्टरफाइनल खेल वालिङ नगरपालिका स्याङ्जा र नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटीपीपपल रुपन्देहीबीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षत्रीले जानकारी दिए ।

साउन २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही, नवलपरासी, दाङ, स्याङ्जा र चितवनका गरी १६ टिमले भाग लिएका छन् ।

तपाईको प्रतिक्रिया