इटहरी, पशुपती केबल नेटवर्क इटहरीले बम्पर अफर योजना ल्याएको छ ।  डिजीटल सेटअप बक्स जोड्न चाहने ग्राहकहरुलाई निशुल्क जडान तथा सेवा शुक्क प्रदान गरेको पशुपती केबल नेटवर्कका संचालक मुकुन्द भटराईले बताउनु भयो । यो योजना सिमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ । सेवा प्रदायक कम्पनीले एचडी प्याकेज सेटअप बक्स सहित २३५ भन्दा बढी च्यानल समावेस गरी जडान गर्न सकिने जनाएको छ । ग्राहकले आफ्नो रोजाई अनुसार सेवा छनोट गर्न सक्नेछन ।


स्टाटर ,बेसिक र प्रिमीयम गरी तिन किसीमका प्याकेजहरुमा उपलव्ध गराएको र प्रति महिना न्युनतम रु.५०० देखि सेवा शुल्क रहेको बताइएको छ । साथै एकमुष्ट ३, ६ र १२ महिनाको सेवा खरिद गर्दा बिषेश छुट प्राप्त गर्ने व्यवस्था गरिएको पशुपती केबल नेटवर्क इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया