इटहरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीकाे इटहरी स्थित पूर्वलाइनमा बनेकाे नेपालकाे राष्ट्रिय झण्डा अंकित भवन यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । फेशबुक ट्विटर , भाइबरमा सेल्फि खिचेर घर संगैकाे तस्विर राख्न अहिले भ्याइनभ्याइ छ ।  प्रदेश एककाे नामि सहर भनेर चिनिने इटहरीमा पछिल्लाे समय ब्यापारीक प्रतिस्पर्धासंगै अग्ला भवनहरू बनाउने हाेडबाजी चलिरहेकाे बेला याे भवनले अहिले निकै चर्चा पाएकाे छ ।

इटहरी निवासी खेमराज घिमिरेले बनाएकाे याे घर करीब ५ तलाकाे रहेकाे छ । उनले ब्यापारीक प्रायाेजनकाेलागि उक्त भवन निर्माण गरेकाे बताएपनि लागत भने खुलाएका छैनन । १० बर्ष देखि देखेकाे सपना अहिले पुरा गर्न सकेकाेमा ब्यवसायी तथा घरधनी घिमिरेले अाफुलार्इ भाग्यमानी ठानेका छन ।

पूर्वकाे केन्द्र इटहरी मार्फत अाफुले राष्ट्रलार्इ चिनाउने सानाे प्रयास गरेकाे र झ्डै ६ महिना लगाएर याे डिजाइन तयार पारेकाे पनि उनले बताए । भवन निर्माण संगै अहिले उनकाे चर्चा पनि त्यतिकै चुलिएकाे छ । मुख्य राजमार्गकै छेउमा राष्ट्रिय झण्डा अंकित भवन ठडिएपछि अहिले भवनकै अघाडीबाट हिडने पैदलयात्रीहरू सेल्फि खिच्न ब्यस्त भेटिन्छन ।

तपाईको प्रतिक्रिया