काठमाडौं । साढे ३३ किलो सुन र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित गृह मन्त्रालयको छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम प्रतिवेदन बुझाएको छ ।

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपात्ता पारिएको तस्करी बारे समितिले बुधवार साँझ प्रधानमन्त्री अाेलीलार्इ प्रतिवेदन बुझाएकाे हाे ।

७५२ पृष्ठ उक्त प्रतिवेदनमा घटनाको प्रारम्भदेखि अनुसन्धानका प्रक्रिया, अनुसन्धान विधि, फेला परेका तथ्यलगायत सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा २९३ जनामाथि अनुसन्धान गरेको विषय उल्लेख गरिएको छ ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सुन तस्करी प्रकरणको छानबिनले संगठीत अपराध न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै  थप अनुसन्धान पनि निरन्तर रहने भन्दै छानबिन समितिको प्रसंशा गरे ।

तस्करीको साढे ३३ किलो सुन हराएपछि मोरङका सनम शाक्यको धरानमा हत्या भएको थियो ।

समितिले घटनाको अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय मोरङमार्फत मोरङ जिल्ला अदालतमा ७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । जसमध्ये ४५ जना पक्राउ गरिसकेका छन् भने ३० जना अझै फरार छन् ।

तपाईको प्रतिक्रिया