इटहरी । ईटहरी-४ स्थित पूर्व बसस्टेण्डबाट प्रहरीले तीन जनालाई लुटेरालाई पक्राउ गरेको छ। स्थानीय व्यवसायी बिक्कि चौधरीलाई लुटपाट गरी भाग्दै गरेका सुन्दरहरैचा नगरपालिका ५ बस्ने गोबिन्द कठेत, ताप्लेजुङ हाङपाङ २ बस्ने दिवश लिम्बु र मोरङ लेटाङ नगरपालिका ८ बस्ने सन्देश धमलालाई प्रहरीले पक्राउ गरेको हो। सो समुहले ईटहरी-६ बस्ने बिक्की चौधरीलाई बुधबार राती ९:३० बजे पसल बन्द गरेर घरतर्फ जादै गर्दा बसस्टेण्ड नजिकै रोकेर उनको पर्समा भएको नगद ९ हजार रुपैया र मोवाईल लुटेर भागेका थिए।

घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी परिचालन भई उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। यसैगरी इटहरी उपमहानगरपालिका ८ बस्ने डिल्ली राम ढकालको मोटरसाइकल चोरी गर्ने सुनसरी बराह नगरपालिका १६ बस्ने २३ वर्षीय शिवराम चौधरीलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।

ढकालको घरबाट पार्किङ गरि राखेको को १८ प २०१४ नम्बरको मोटरसाइकल चोरी गर्दै गर्दा बुधबार राती ९:३० बजे चौधरीलाई अस्थायी प्रहरी पोष्ट हलगढाको टोलीले पक्राउ गरेको हो।पक्राउ परेका व्यक्तिहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयल ईटहरीमा राखिएको छ।

तपाईको प्रतिक्रिया