विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत छात्रको शंकास्पद मृत्यु भएको छ ।
बाराको कोलवी नगरपालिका–८ घर भइ विराटनगर–४ स्थित नेत्र कार्कीको घरमा डेरा गरी बस्दै आएका २४ वर्षीय शौरभ उप्रेती बुधबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुर्खेतको विरेन्द्रनगर घर भई नोबेलमासँगै पढदै आएका कुबेरसिंह थापा र उप्रेती एउटै कोठामा बस्दै आएको थिए । राती सँगै आ–आफ्नो बेडमा सुतेको तर बिहान उठेपछि घाँटीमा तार बेरिएको अबस्थामा देखेपछि तत्काल उपचारका लागि अस्पताल लगेको भनी थापाले बताएको प्रहरी नायब उपरीक्षक  घनश्याम श्रेष्ठले बताए । घटना शंकास्पद भएकाले केही व्यक्तिलाई निगरानीमा राखेर गहन रुपमा छानबिन भइरहेको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया