काठमाडौं । नेदरल्याड्सलार्इ एक रनले हराउँदै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ ।२१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।अन्तिम बलमा रन आउट गराउदै नेपालले उपलब्धी हात पारेको हो । अन्तिम ओभरमा कप्तान पारसले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा दिएनन् तर, तेस्रो बलमा एक र चौथो बलमा २ रन लिए ।पाँचौं बलमा पारसले फेरि रन दिएनन् । अब अन्तिम बलम २ रन चाहियो ।

अन्तिम बलमा कप्तान पारसले डच खेलाडीलार्इ रन आउट गर्दै नेपाललाई जित दिलाए ।नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ र सोमपाल कामी, पारस, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे ।यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान पारससँगै सोमपाल कामीको अर्धशतकको मदतमा ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।नेपालको लागि कप्तान पारस अर्धशतक बनाए ।

उनी पभेलियन फर्किँदा नेपालले ६ विकेट गुमाएर मात्र १३५ रन बनाएको थियो । तर, सोमपालले ४६ बलमा ६१ रनको पारी खेले ।नेदरल्याण्ड्सका फ्रेड क्लासेनले तीन, पिटर सिलरले दुई, मिचेल रिप्पोन दुई र पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले एक/एक विकेट लिए

तपाईको प्रतिक्रिया