विराटनगर । विराटनगर महानगरपालिकामा घरघरमा ग्याँस पुर्याइन थालिएको छ । वडा नम्बर १४ मा गौसेवा सदनले घरघरमा पाइप विछ्याइरहेको छ । जसबाट वायोग्याँस पुर्याइनेछ । गौशालाभित्र रहेका २ सय ७ वटा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्याँस चुलोसम्म पुर्याउने तयारी भइरहेको छ ।

गौशलादेखि करिब ३ सय मिटर टाढा रहेका ३२ वटा घरमा पहिलो चरणमा वायोग्याँस जडान गरिसकिएको छ ।विश्व बैंकको  ८४ लाख रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धनले पाइप लाइनमार्फत स्थानीयवासीको भान्सासम्म ग्याँस बाल्न शुरु गरेको हो ।

ग्याँस उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएसँगै अबको एक साताभित्र घरघरमा वायोग्याँस पुर्याउने नेपाल उर्जा कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले बताए ।कति रुपैयाको ग्याँस खपत भयो भन्ने कुरा चुल्हो छेउको मिटरमा देखिन्छ । चुल्होमा जोड्नुपूर्व ग्याँसको मिटरमा उल्लेख भएको नम्बरबाट त्यसबाट जोडेर कति खपत भएको छ, सोहीअनुसार बिल गौसेवा सदनलाई भुक्तान गर्नुपर्ने ब्यवस्था गरिएको छ । घरघरमा पाइपबाट ग्याँस पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई कतिपयले हावाको रुपमा लिएपनि बायोग्याँस घरघरै पुर्याउने अन्तीम तयारी भइरहेको हो ।

तपाईको प्रतिक्रिया