भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ ।  राष्ट्रपति निकोलास मादुरोले टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गरिरहेका बेला ड्रोन आक्रमण भएको हो।


एक टेलिभिजनमा काराकासमा सम्बोधन गरिरहेका बेला बिस्फोटन ड्रोन राष्ट्रपति निकोलास मादुरो नजिकैबाट गएको बताइएको छ ।  घटनामा राष्ट्रपति मादुरोलाई केही नभए पनि धेरै सुरक्षाकर्मी घाइते भएको सञ्चारमान्त्री होर्खे राड्रिग्वेजले बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएका छैनन् ।घटनामा घाइते भएका सुरक्षाकर्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया