संगम बिष्ट/ नेपाली कंग्रेस पार्टीको भातृ संगढन नेपाल तरुण दल सुनसरीका जिल्ला सभापती तथा नेपाली कंग्रेस महासमिति सदस्य सिजन गुरुङले अधिनायक बादि शैलिमा अगि बढेको कम्निष्ट सरकारले कंग्रेश र आम तरुणहरुको नारी छामी रहेको बताएका छन् ।देशमा केपि अोलि सरकारले जनताको मौलिक हक माथि नै प्रहार गरिरहेको गुरुङले आरोप समेत लगाए ।शनिबार वराहक्षेत्र नगरपालीकाको बाङ्गे आयोजना भएको तरुण प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका गरुङले सो कुरा बताएका हुन् ।

देशमा मौलाउदै गएको बेथिति , कालोबजारी जस्ता अपराधिलाई सरकारले संरक्षण गरेर राखेको र यसको बिरुदमा लाग्न जि्ल्ला भरिको तरुणहरुलाई आग्रह समेत गरेका छन् ।देशमा कंग्रेसको नेतित्वमा नै श्रीपेज लगाएको राजालाई घुडा टेकाएको भन्दै केपि अौलि अहिले टोपी लगाएको राजाको भेषमा अगि बढेको भन्दै दुबै वटै राजा फाल्ने तागत कंग्रेस र तरुणसंग रहेको बताए । केही महिना अगाडी स्वयम् आफुलाई नै निर्मता पुर्वक आरोप लगाएर १५ दिन गिर्फतार गरेको यो सरकारले नेपाली कंग्रेस सिदयाउन योजनाबद रुपमा पागेको भन्दै तरुणहरुलाई थोरै पनि बिचलित नहुन आग्रह गरे ।अब तरुणहरुलाई नयाँ ढङ्गका साथ अगाछि बढाउदै लागे भन्दै प्रशिक्षणमा सिकेका कुराहरु संगढनमा प्रयोग गरेर लैजानु पर्ने बताए । आफुलाई सरकारले योजनाबद रुपमा फसाउदा सरकारको बिरुद सदन र सडकमा समेत कुरा उढेको हुदा आफु सम्पुरण कंग्रेश , तरुण दल तथा वराहक्षेत्र नगर कमिटि प्रति नत्मस्तक भएको बताए । नेपाल तरुण दल वराहक्षेत्र नगर कमिटिले आयोजना गरेको सो एक दिने प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि गुरुङ्ग रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा नेपाली कंग्रेस वराहक्षेत्र नगर कमिटि तथा महा समिति सदस्य बाबुराम बिष्ट, जिल्ला सदस्य मिना रिजाल अधिकारी , जिल्ला सदस्य रामदिप लामा, नगर सचिव अोम कोइरला, नगर प्रवक्ता जगद बहादुर कार्की, सुनसरी क्षेत्र नं ४ क्षेत्रिय सचिब रमेश कार्की, कंग्रेश नेता रमेश काफ्ले लगाएत विभिन्न भातृ सगढकाका पदातिकारीहरु , सुबिक्षुक संस्थाका पदातिकारिहरु , क्षत्रिय सदस्यहरु, विभिन्न वडाका पदातिकारिहरु रहेका थिए । सयौको संङ्ख्यामा दरुण दलका कार्यक्रहरु सहभागी भएको कार्यक्रमको सभाअध्यक्ष वराहक्षेत्र तरुण दल कमिटि सभापती पवन चाम्लिङ्ग राईले गर्नु भएको थियो। वराहक्षेत्र नगरपालीका वडा नं ७ वाङ्गे बजारमा भएको सो कार्यक्रमको गमलामा पानी तथा कंग्रेसका संस्थापक बिपि कोइरलाको तस्बिरमा माल्यापन गरेर प्रमुख अतिथि गरुङ्गले गर्नु भएको थियो ।

तरुण दल नगर सहसचिव तेजबहादुर गुरुङ्गले सन्चालन गरेको कार्यक्रंममा नगर सचिव मनोज यन्जन स्वागत मन्ब्य राख्दै आम तरुण तल लगाएत अतिथिहरुलाएइ स्वागत गर्नु भएको थियो । कार्यक्रमको बारेमा बोल्दै तरुण दल नगर सभापति चाम्लिङ्गले राष्ट्रबाद बोलेर नहुने भन्दै ब्यहारबाट थाहा हुने बताए ।केही समय अगाडि जिल्ला सभापती र केही हप्ता अगाडि केन्द्रीय सभापतीलाई सरकारले गरेको ज्याजती बिरुद बराहक्षेत्र नगर कमिटिको गम्बिर ध्यान आक्रषण भएका बताए। सरकार निरकुस शैलिमा अगाडि बढेकाले यसको बिरुद आम तरुण एक भएर अगि बढ्न प्रशिक्षणको आयोजना गरिएको बताए । सडकमा आन्दोलन गर्न मात्र नभई बौदिक र शाशिरिक रुपमा तरुणहरु खारिए अगाडि बढाउन प्रशिक्षण जरुरी भएकाले यस्ता प्रशिक्षणले तरुणहरुको बौदिक बिकश हुने जिल्ला सादस्य राजदिप लामाले बताए । कार्यक्रकमा बोल्दै नेपाली कंग्रेश नगर संयोजक बाबुराम बिष्टले देशमा कम्निष्ट सरकारले उत्पन गराएको बेथितिको बिरुद लागि पर्न तरुण तयार रहनु पर्ने बताए। त्यस्तै जिल्ला सदस्य मुना रिजाल अधिकारीले आम कंागेस एक भएर अगि पढ्नु पर्ने बताईन ।

त्यस्तै कग्रेस नेता रमेश काफ्लेले नेपाल सरकारले बढाएको कर हेर्दा कुनै एउटा सिसुले जन्मनु अगाडिनै ऋण बोकेर आउनु पर्ने बाध्यता रहेको बताएका थिए। एक महिलाले सुत्केरी भात्ता १ हजार पाउने तर सोही सिसुको जन्म दर्ता गर्दा १२ सय राजेश्ब तिर्नु पर्ने भएकाले मानिसको जन्ममा नै सरकारले रोक लगाउन खोजेको काफ्लेको तर्क छ । सो प्रशिक्षणमा वराहक्षेत्र नगरपालीका भरिका तरुण कार्यक्रतसहरुलाई बाबुराम कार्की र मिलेन्द्र साहले प्रशिक्षण दिएका थिए । बि.सं. २०१० सालमा नेपाली कंग्रेसका संस्थापक बिपि कोइराले देशमा युवा शक्ति भुकिका बुझेर अहिले रहेका नेपाली कंग्रेसका सभापति सेरवहादुर देउवाको नेतित्वमा तरुण दल गढन गरेका थिए ।

तपाईको प्रतिक्रिया