ललितपुर स्थित महालक्ष्मी नगरपालिका–८ लुभूमा गोदावरी खोलाले मानिस सहित एक कार बगाएको छ । सोमबार बिहान ५ बजेतिर बा १४ च ४७२९ नम्बरको कार नदी पार गर्ने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार स्थानीयले कार चालकको उद्दार गरेका छन । कार चालक सुरक्षित रहेको ललितपुर प्रहरीले बताएको छ ।

महानगरपालिकाले नयाँ पुल बनाउने भन्दै ह्युमपाइप राखेर आवागमनको व्यवस्था गरेकोमा नदी पार गर्ने क्रममा कार खोलाले बगाएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया