१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

भारत – भारतको राजधानी दिल्लीमा एक निकै विभत्स घटना सार्वजनिक भएको छ । यहाँ एउटी आमाले आफ्नी दुई महिनाकी शिशुको घाँटी थिचेर हत्या गरेकी छिन् । घाँटी थिचेर हत्या गरेपछि महिलाले शिशुलाई ओभनमा हालेकी थिइन् । आमाको बर्बरताको कारण ज्यान गुमाउने शिशुको शव कब्जामा लिएर प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । घटना दिल्लीको मालवीय नगर थाना क्षेत्रको चिराग दिल्ली गाउँको हो ।

भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित जानकारी अनुसार चिराग दिल्ली गाउँमा एक महिलाले छोराको साटो छोरी जन्मिएका कारण उनको हत्या गरिदिएकी छिन् । हत्यापछि आरोपी महिलाले शवलाई घरको छतमा राखिएको माइक्रोवेब ओभनमा लुकाएकी थिइन् । परिवारले बालिका गायब भएको सूचना प्रहरीलाई दिए । घरमा अनुसन्धानको क्रममा बालिका अनन्या कौशिकको शव भेटियो ।

बालिकाको शवलाई कब्जामा लिएर मालवीय नगर थानाको प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । हाल प्रहरीले बालिकाका आमा–बुवालाई हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ । परिवारमा गुल्शन कौशिक र डिम्पल कौशिकबाहेक उनीहरुका चार वर्षका छोरा र दुई महिनाकी छोरी अनन्या कौशिक बस्दथे । गुलशनकी आमा र भाइ पनि उनीहरुसँगै बस्दछन् र घरको तल्लो तलामा किराना पसल चलाउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]