“धन हुनेको धन ठुलोको कि, मन हुनेको मन” अशोक दर्जीले गाएको यस गीतले भने झै मानिस धनले होइन मनले ठुलो कहलिन्छ भन्ने कुराको गतिलो सन्देश दिदै आएका केराबारीवासीले मंगलवार पनि यस्तै सन्देश दिने काम गरे । जसले अभियानकर्मीहरुको मन मात्रै जितेनन एकले थुकी सुकी सयले थुकी नदी भन्ने भनाईलाई पुष्टि गर्ने गतिलो सन्देश समेत दिलाए केराबारीका मनकारीहरुले ।

 

लेटाङ ९ जातेकी १० वर्षिय वालिका मृत्युसंग लडिरहेकी छिन् । हड्डिको क्यान्सरबाट पिडित बालिकाको आर्थिक अवस्था कमजोर छ । उनको उपचार गर्ने परिवारको सामथ्र्य छैन ।लायन्स क्लव लेटाङको विशेष सहयोगमा भरतपुर क्यान्सर हस्पिटलमा उपचाररत बालिका लिम्बूको उपचारार्थ अहिले मनिसा वचाउ अभियान नै संञ्चालन गरी आर्थिक संकलनलाई तिव्र पारिएको छ । यही क्रममा पछिलो समय लायन्स क्लव लेटाङले केराबारी व्यापार प्रबन्ध समितिको सहयोगमा आर्थिक संकलन गर्न सेल रोटी अभियान संञ्चालन गर्यो । क्लवका सदस्यहरुले आफै तयार पारेर ल्याएको सेलरोटी विक्री अन्र्तगत केही घण्टामै केराबारीमा ८५ हजार ३ सय ४१ रुपैया संकलन भएको थियो । जसले गर्दा आयोजकलाई समेत थप हौसला प्रदान गर्यो ।

एकसाता अघि सांसद ऋषीकेश पोखरेलले एक हजार रुपैयाको सेलरोटी किनिदिएर अभियानको सुरुवात गरिएको सो अभियानमा केराबारीका गाउपालिकाका प्रमुख रोहित कार्की र उपप्रमुख शान्ति कुमरी लिम्बूले तीन तीन हजारको सेलरोटी किनिदिएका थिए ।वडा नम्बर ८ का वडाध्यक्ष मनोज खड्काले १० कार्टुन पानि सहयोग गरेका थिए । यसवाहेक स्थानीय, व्यापारी ,वुद्धिजीवि, प्रहरी, गाउँपालिका जनप्रतिनीधि तथा विभिन्न संघ संस्थाहरुका पदाधिकारीहरुले ५ हजार सम्म खुलेर सहयोग मात्रै गरेनन् तातो घामको प्रवाह नगरी अभियानमा सरीक समेत वने जसले गर्दा सहयोगी महानुभावहरुको कमि देखियन अभियानकर्मी शान्ति पाख्रिनले वताईन ।
सहयोगको भावना सवैलाई जागृत गराउन सेल रोटी बिक्री अभियान अन्र्तगत सो कार्यक्रम आयोजना गरिएको र सवैले स्वेच्छिक रुपमा सहयोग गरेको मनिसा लिम्बु वचाउ अभियानकी अभियन्ता शान्ति पाख्रिनले वताइन् ।

ठूला महलमा वस्दा मात्रै मानिस ठूलो हुदैन । सहयोगी भावना र समाजप्रतिको जिम्बेवारी पनि उतिकै सोच्ने मनकारी र सहयोगी मानिसहरु नै सवैको प्रिय हुने भएकाले यस्तो कार्यक्रम गरिएको वताउदै यस्तो कार्याक्रमले समाजप्रतिको उतरदायित्व वहन गर्न महिला किशोरीहरुलाई अभियानमा सहभागि गराइएको समेत उहाले वताउनभयो । यसअघि अभियानबाट रोटी वेचेरै बेलवारीमा ६१ हजार रुपैया,पथरीमा ७१ हजार लेटाङमा ५३ हजार,संकलन भएको र संकलित रकम विरामीका अविभावकलाई हस्तान्तरण गर्दै जाने योजना रहेको अभियानकर्मीहरुले वताएका छन् ।

तपाईको प्रतिक्रिया