इलाम । इलाममा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका छन् । मेची राजमार्गको बागखोरमा विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा सोमबार बिहान बस दुर्घटना भएको हो ।

राँके बजारबाट विद्यार्थी बोकेर रक्से आउँदै गरेको आशादीप बोर्डिङ स्कुलको मे१ख १९५५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बस सडकबाट करिब २० मिटर तल खसेको बताइएको छ । घाइते १४ विद्यार्थीमध्ये ११ जनाको इलाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापा पठाइएको छ । चालकलाई स्थानीय रक्से प्रहरी चौकीले नियन्त्रणमा लिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया