काठमाडौँ । गए रातिदेखि परेको पानी अझै तीन दिनसम्म पर्ने जलतथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सूचना जारी गर्दै सोमबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा हल्का देखी मध्यम खालको वर्षा हुने जनाएको हो ।

त्यस्तै दिउँसो पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानमा भारि वर्षा हुने विभागको पूर्वानुमान छ । राति पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका एक दुई स्थानमा भारि वर्षा हुने विभागले बताएको छ । मंगलबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ भने पश्चिमका थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

यसैगरी बुधवार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने विभागले बताएको छ ।

तपाईको प्रतिक्रिया