विराटनगर –४ ढाटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  को ३२ प ६४३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएर घाइते भएका विराटनगर –४ का ६८ वर्षीय खगेन्द्रप्रसाद आचार्यको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यको उपचारका क्रममा नोबेल मेडिकल कलेजमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले जानकारी दिएका छन् ।  मोटरसाइकल चालक विराटनगर– ७ का २० वर्षीय सन्तोश लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया