पाल्पा । पाल्पामा स्कुल बस दुर्घटना हुँदा २० जना विद्यार्थी घाइते भएका छन् । रिभर भ्याली बोडिङ तानसेन–८ दमकडाँ पाल्पाको लु १ क १५५८ नम्बरको बस बगनासकाली–१ चिरतुङधारा पिपलेमा दुर्घटना हुँदा २० जना विद्यार्थी घाइते भएका हुन् ।

घाइते विद्यार्थीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये एकजना विद्यार्थीको टाउकोमा चोट लागेको छ भने अन्य तीन जनाको हात भाँचिएको र अन्य १६ जनाको अवस्था सामान्य रहेको उद्धारमा खटिएका स्थानीयवासी कमल पाण्डेले जानकारी दिए ।  सबै विद्यार्थी खतरामुक्त रहेको विद्यालयका प्रधानाध्यापक मिनप्रसाद बञ्जाडेले बताए । बसमा २७ जना विद्यार्थी रहेका जनाइएको छ ।

तपाईको प्रतिक्रिया