इटहरी । सुनसरीकाे धरानस्थित मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले कक्षा १२ मा पढने एक किशाेरीलाृइ पटक पटक जबरजस्ति करणी गर्ने गरेकाे घटना बाहिरिएकाे छ । बिगत ६ महिनादेखि प्रिन्सिपल बस्नेतले ति  किशाेरीलाृइ जबरजस्ति गर्दै अाएपनि घटना भने हालै सार्वजनिक भएकाे हाे । घटना बाहिरिएलगत्तै अाराेपित बस्नेत भने फरार रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

पिडित किशाेरीले पटक पटककाे करणिबाट पिडा हुन थालेपछि अभिभावकलार्इ घटनाबारे सुनाएपछि यस्ताे खुलेकाे हाे । घटनापछि धरानस्थित महिला सञ्जाल लगायत बिभिन्न सामाजिक संघसंस्थाहरूले दैनिक जसाे बिराेध गर्दै अाएका छन भने दाेषीलाृइ पक्राउ गरी कडा भन्दा कडा कार्वाहिकाे माग समेत गर्दै अाएका छन ।

यता घटना बाहिरिए लगत्तै फरार रहेका प्रिन्सिपल बस्नेतले कानुनि रूपमा मुद्धा अघि नबढाए पिडित परिवारलाृइ रू ३० लाख र २ कट्ठा घडेरी दिने प्रलाेभन देखाएकाे पिडित परिवारले जनाएका छन । फरार प्रिन्सिपल बस्नेतकाे अहिले पनि खाेजि कार्य भइरहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

@pradeshdarpan

तपाईको प्रतिक्रिया