मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नविन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए ।

हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटाको शव भोलि हिल्साबाट सदरमुकाम सिमिकोट ल्याइने पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया