वैदेशीक रोजगारीमा गएर फर्किएका युवाहरुले घडेरी किन्ने घर बनाउने जस्ता क्षेत्रमा ठुलो लगानी गर्छन् । यो आजकाल फेसन नै बनिसकेको छ । तर, सुनसरीको बराहक्षेत्र नगरपालिका ९ ढोलबजियाका चार युवाहरुले पुर्खौली पेसामा नै लगानी गरेका छन् ।
पाँच वर्ष कोरियामा रोजगारी गरेर घर फर्किएका तीन यूवा र अफगानिस्तानमा काम गरेर फर्किएका एक यूवा मिलेर आफ्नै गाँउमा व्यवसायिक उन्नत तरकारी खेति सुरु गरेका छन् । उनिहरुले एक विगाह जग्गा लिजमा लिएर टनेल, ग्रिनेट,मल्चीङ्ग प्रविधि प्रयोग गरेर वेमौसमी तरकारी खेति सुरु गरेका हुन् ।

सामूहिक रुपमा पैसा उठाएर ७ लाख लगानी बाट खेति सुरु गरेको छविलाल चौधरीले वताए । अहिले उनिहरुले टमाटर, रायो साग, खोर्सानी, वैगुन, काउलीको खेती लगाएका छन् । ‘छ महिना अगाडि टनेल बनाउदा घर बनाएर पनि तरकारी खेति हुन्छ र भनेर धेरैले सोध्ने गर्थे,’ समुहका एक सदस्य अमिर निरौलाले बताए,  ‘अहिले प्रविधि देखेर सबै जना खेति गर्नुपर्ने रहेछ भन्छन् ।’

उनिहरुले उत्पादन गरेका तरकारीहरु स्थानीय बजार प्रकाशपुर, राजावास, चक्रघट्टी, चतरा र बक्लौरी लगेर बेच्ने गरेका छन् । उनिहरु दैनिक १२ घण्टासम्म तरकारी खेतिमा काम गर्छन् । अर्काको भुमिमा १८ घण्टासम्म काम गर्दा हुने अनि आफ्नो देशमा काम गर्दा लाज हुने परम्पराको अन्त्य गर्ने पनि आफुहरु लागिपरेको घुविर चन्द्रवंशीले वताए ।

कोरियामा महिनाको ३ देखि ५ लाख रुपैयासम्म कमाउदै आएका युवाहरुले आफ्नै देशमा आएर तरकारी खेतिमा काम गरेको देख्दा ढोलवजिया टोलमै खुसी छाएको स्थानीय लाल बहादुर लिम्वुले बताए । २९ वर्षका रघुविर चन्द्रवंशी र अमिर निरौला, २७ वर्षका भरत खड्का र ४० वर्षका छविलाल चौधरी वार्ड नम्वर ९ का स्थाई वासिन्दा हुन् । रघुविरले बिएड पास गरेका छन् । अमिर ले वाणिज्य शास्त्रमा स्नातक गरेका छन् । भरत खड्रका इलेक्ट्रोनिक ओभरशेयर

नेपालमा सहज रुपमा जिएस एम प्लाष्टीक टनेल, ग्रिनेट, मल्चीङ्ग नपाउने हुदा सिलगुडि बाट ल्याउदा राज्यले भन्सारमा दिने भनेको छुट पनि आफुहरुले नपाएको बरु उल्टै १५ हजार कर तिर्नु परेको छविलालले बताए । उनीहरुले आधुनिक प्रविधिबारे गुगलमा सर्च गरेर समेत खेति गरिरहेका छन् ।

उनीहरुले सरकारले भने सोचेजस्तो सहयोग नगरेको गुनासो गरे । तरकारी खेतीमा केही गरेर देखाउँछौ भन्दा नगरपालिका कृषि शाखाबाट कुनै प्रविधिक र कृषि औजार, उपकरण नपाएको रघुविरले गुनासो गरे । नगरपालिकामा आएको कृषिको बजेट फ्रिज भएर गएको तर व्यवशायिक खेती गरिरहेका किसानहरुले भने सहयोग नपाएको बताए ।

तपाईको प्रतिक्रिया