सुनसरीको धरान उपमहानगरपालिका-११ स्थित शान्ति चौकबाट बुधबार बिहान ११:३० बजे लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट रेल्वे, धरानबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा को २४ प २९२४ नम्बरको मोटरसाइकलमा सवार भोजपुर ट्याम्केमैयुम गाउँपालिका-१ बस्ने अन्दाजी वर्ष १७ को राजन राई र सोही गाउँपालिका-२ बस्ने अन्दाजी वर्ष १६ को पारुहाङ राईको साथबाट १७ एम्पुल लागूऔषध टिडिजेसिक बरामद गरेको छ । 

बरामद लागूऔषध सहित दुबै जनालाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

तपाईको प्रतिक्रिया