झापा  । झापा जिल्लाको मेचीनगर नगरपालिका-६ स्थित देउराली होटलको छतबाट खसेर साउन २९ गते मंगलबार १ जनाको मृत्यु भएको छ । उक्त होटलमा रुम बुक गरी बसेका जिल्ला कास्की पोखरा महानगरपालिका-१६ लामचौकर बस्ने वर्ष ४० को दिपेन्द्र बाँनिया मंगलबार बेलुकी ८:३० बजे पाँच तले होटलको छतबाट खसेर गम्भीर घाइते भएका थिए ।

 

गम्भीर घाइते बाँनियालाई उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उनको सोही अस्पतालमा राती १०:३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया