ढोलक बिक्रीमा हिँडेका व्यापारी

होली पर्व नजिकिँदै गर्दा कञ्चनपुरको झलारी बजारमा ढोलक बिक्रीका लागि हिँडेका व्यापारी । होली पर्वमा यहाँ ढोलको माग बढ्दो रुपमा हुने गर्दछ ।

जन्ती बोक्न राँगागाडा

कञ्चनपुर पिपलाडीका थारु समुदायले विवाहमा जन्ती बोक्न राँगागाडा लैजादै । यहाँ थारु समुदायको विवाहमा जन्तीलाई राँगागाडामा बोक्ने चलन छ ।

मेकानिकल इन्जिनियरिङ प्रदर्शनी

ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा शुक्रबारदेखि सञ्चालित तीनदिने मेकानिकल इन्जिनियरिङ प्रदर्शनीमा अवलोकन गर्दै विद्यार्थी ।