नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ, १७ पुस | साताको पहिलो दिनको कारोबारमा सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकममा समेत सुधार देखिएको छ।  गत साता ३० दशमलब २८ अंकले बढेको नेप्से यस साताको पहिलो दिनमा समेत २२ दशमलब ३४ अंकले उकालो लागि १४६५ दशमलब ७२ को उचाईमा पुगेको छ। त्यस्तै आइतबार ५७ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ।  फाइनान्स र उत्पादन समूहका सूचक बाहेक अन्य सूचकले उकालो लाग्दा नेप्सेमा हरियाली ...

कति छ आज सुनको मूल्य ?

काठमाडौं,पुस १२ ।आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

एन्. आई. सी एशिया बैंकको हरियाली अभियान

पौष,काठमाडौं । एन्. आई. सी एशिया बैंकले आफ्नो उन्नाईसौंं साधारण सभामा बैंकका अध्यक्षले घोषणा गरे अनुसार वृक्षारोपण कार्यक्रम अभियान शुभारम्भ गरेको छ । बैंकको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी अभियानको रुपमा यस आर्थिक वर्ष भित्र ७ हजार भन्दा बढी विरुवा रोपेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याउने अठोट गरे अनुसार सो कार्यक्रमको शुरुवात गरेको हो । सातौं राष्ट्र...

अाज देखि ३० प्रतिशतले हवाई भाडा बढ्यो, हेर्नुहोस कहाँको कति ?

निजी एयरलाइन्सहरुले दुर्गम बाहेक सगुम र पर्यटकीय रुटको सोमबार देखि लागु हुने गरी हवाई भाडा ३० प्रतिशतसम्म बढाएका छन् । मंसिर २७ गते भएको सहमती अनुसार आन्तरिक रुटमा उडान भर्ने निजी एयरलाइन्सहरुले भाढा बढाएको पर्यटन मन्त्री जीवनबहादुर शाहिले बताएका छन् । यसपटक सबैभन्दा धेरै काठमाडौं–धनगढी रूटको भाडा बढाईएको छ । एकतर्फी भाडादर १० हजार १ सय रुपैयाँ रहेकोमा सोमबार देखि २३ सय रुपैयाँ थप भई १२ हजार २ ...

मूल्यबृद्धि ४.८ प्रतिशत

३ पुस, काठमाडौं । नेपाल राष्ट्रबैंकले कात्तिक महिनाको मूल्यबृद्धि ४.८ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गर्‍यो । बढ्दो महंगीले उपभोक्तामाथि आर्थिक भार परेका बेला राष्ट्रबैंकले मूख्यबृद्धिको आँकडा सार्वजनिक गरेको हो । राष्ट्रबैंकको तथ्यांक अनुसार कात्तिक महिनामा मूख्यबृद्धि औसतमा ७ प्रतिशत छ । अघिल्लो बर्ष औसतमा यो मूख्यबृद्धि ८.१ प्रतिशत रहेको आजको कारोबार दैनिकमा समाचार छ । अघिल्लो बर्षको भन्...

डोको बुनेर पनि मासिक २५ हजार आम्दानी

पाल्पा । रामपुर नगरपालिका– १० किसानबारीका ६९ वर्षिय विष्णु विक लाई डोको नबुनेसम्म साँझ बिहान हातमुख जोर्ने समस्या छ। विकले विगत ४० वर्षदेखि यस व्यवसायलाई निरन्तरता दिँदै आएका छन्। गाउँघरमा प्रयोग हुने डोको, थुम्से र भकारी बुनेर घर घरमा बिक्रीका लागि उनी पुग्छन्। दिनमा पाँचवटा डोको बुनेर मासिक २५ हजार आम्दानी हुने गरेको विकले बताए। रामपुर क्षेत्रमै व्यवसायिक रुपमा उनले ...