चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि…

चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि…
म्याग्दी ४ पुस । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् । मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायतका हिन्दू र्धमशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताउनुभयो । ...

आजदेखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु

काठमाडौँ, ३ पुस । आजदेखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा एक कार्यक्रमबीच अनलाइन प्रणालीको सुभारम्भ गर्नुभयो । पूर्व श्रम स्वीकृति आजबाटै अनलाइन प्रणालीमार्फत दिइनेछ भने हप्ता दिनपछि अन्तिम श्रम स्वीकृति समेत अनलाइनबाट दिइने व्यवस्था...

यात्रुबाहक जिप सुनकाेशीमा खस्याे ६ जनाकाे मृत्यु

काठमाडाै ३, पुस / काठमाण्डाैबाट यात्रु लिएर खाेटाङकाे हलेसी अाउदै गरेकाे एक जिप अाइतबार दिउसाे सिन्धुलीमा दुर्घटना हुदा ६ जनाकाे मृत्यु भएकाे छ ।  बा १२ च ८८९७ नं को स्कारपियो जिप दिउसो रत्नावती गाविस ३, मध्यपहाडी लोकमार्गको सोखुखोला नजिकबाट सुनकोशी नदीमा खसेर दुर्घटनाग्रस्त बनेकाे हाे । नदिमा बस खसेपछि १ जना बेपत्ता बनेकाे प्रहरीले जनाएकाे छ ।  २ महिला सहित ६ जनाको घट...

आत्मघाती हमला कम्तीमा तीस सुरक्षाकर्मीको मृत्यु

एडेन, ३ पुस । यमनको दक्षिणी सहर एडेनमा आइतबार एक समूह लक्षित आत्मघाती बम हमलामा परी कम्तीमा ३० जना सुरक्षाकर्मीको मृत्यु भएको सैनिक र चिकित्सक अधिकारीहरुले जानकारी दिएका छन् । अल एरिस जिल्लामा अवस्थित अल सव्लाबा शिवीरमा जम्मा भएका सैनिकहरुको बीचमा नै आत्मघाती आक्रमणकारी बसि विस्फोट गराएको जनाइएको छ । आफ्नो तलब लिनका लागि भेला भएका सुरक्षाकर्मीहरुलाई लक्षित भएको यस आक्र...

असी विद्यालयमा बीसजनाभन्दा कम विद्यार्थी

म्याग्दी । म्याग्दीका ८० वटा सामुदायिक विद्यालयको प्रावि तहमा २० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेको छ । विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यार्थी सङ्ख्या, सेवा क्षेत्रको दूरी र भौतिक पूर्वाधारका आधारमा सङ्कटग्रस्त अवस्थाका विद्यालय गाभ्ने नीति रहे पनि भौगोलिक अवस्थितिले कार्यान्वयन भएको छैन । म्याग्दीका एक दर्जन बढी विद्यालय गाभि...

ट्रयाक्टर दुर्घटना हुँदा एककाे मृत्यु

सल्यान । ट्रयाक्टर दुर्घटना हँुदा यहाँ मुसीकोटका दीपक परियारको मृत्यु भएको छ ।  राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डको धनवाङ १ अरिंगाले फेदीमा भे १ त ५२९२ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका १, रातामाटा निवासी २० वर्षीय परियारको मृत्यु भएको हो । शनिबार राखित दुर्घटना भए पनि आइतबार बिहान मात्र च्यापिएको अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले...

भारतमा माछा मार्दामार्दै नेपालीहरु पाकिस्तान पुगेपछि‘

काठमाडौं, ३ पुष । भारत– पाकिस्तान सीमावर्ती पञ्जाव प्रान्तको समुद्रमा उभिएर भारतीय मछुवारको अह्राइखटाइमा माछा मार्ने काम गरिरहेको गुल्मी बडागाउँ तीनका एक युवक पाकिस्तानको कराँचीस्थित ल्याण्डी जेलमा थुनामा रहेको पाइएको छ । माछा मार्दै जाँदा सामुद्रीक सीमा थापा नपाई अर्को देशको क्षेत्रमा प्रवेश गर्ने एकअर्का देशका नागरिकलाई कहिले भारतीय त कहिले पाकिस्तानी सुरक्षा प्रहरीले पक्राउ गरेर थुनामा राख्ने ग...

नेपाली कामदार अब मलेसिया जान पाउने !

 जानकारी को share गरिदिनु होला  काठमाडौं, सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ । यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेको नेपाल समाचार पत्र दैनिकले छापेको छ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा ख...

उत्तरी धादिङको सेर्तुङमा बत्ती पुग्यो, गाउँ झलमल

उत्तरी धादिङको सेर्तुङ गाउँ विकास समितिको ५ वटा वडाहरुमा विद्युत सेवा विस्तार भएको छ । स्थानियहरुको प्रयासमा लघुजलविद्युत आयोजना संचालन भएपछि धादिङको विकट उत्तरी क्षेत्रमा रहेको सेर्तुङ गाउँ विकास समितिको वडा नं ८ मा १०० किलोवाट क्षमताको खोल्पीखोला लघुजलविद्युत आयोजना संचालनमा आएपछि ४, ५, ६, ७ र ८ नम्वर वडाका सवै घरधुरीहरुमा बत्ती बलेको हो । कल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटारको आर्थिक तथा ...