धरानमा यसरी आउछ दुध

धरानमा यसरी आउछ दुध
भरौलबाट धरानमा दुध बिक्रि गर्न आउने किशानहरु यसरी नै जोखिम मोलेर धरान सम्म दुध ल्याएर बेच्ने गरेका छन् । तस्विर फेसबुकबाट

धरान धनकुटा सडक सुचारु

धरान धनकुटा सडक सुचारु
गत बिहिबार राती देखी अबरुद्ध धरान धनकुटा सडक खण्ड आजबाट सुचारु भएको छ । सडक बिभागले भत्किएको सडक भन्दा केही माथिबाट डाइर्भसन गरेर बाटो निकालेपनि बाटो सुचारु भएको हो ।  नयाँ निकालिएको बाटोमा वान वे सिस्टमबाट यातायातका साधनहरु सञ्चालन गर्न थालिएको छ । धरान उपमहानगरपालीकाका,यातायात ब्यबासायी र स्थानियको चर्कोे दबाब पछि सडक डिभिजन कार्यालयले बैकल्पीक बाटो खोलेको हो । बाटो खुलेपछि यात्रुहरुले केही सहजत...

डोरा लगाउँदै एक युवती

डोरा लगाउँदै एक युवती
ललितपुरको बंगलामुखी मन्दिर परिसरमा बौद्धधर्म गुरुको हातबाट जनै डोरा लगाउँदै एक युवती । तस्बिर : प्रदीपराज वन्त

माछा राख्ने डिलिया

माछा राख्ने डिलिया
कञ्चनपुर जोनापुरका थारु समुदायका वृद्ध बाँसको माछा राख्ने डिलिया बुन्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

धान खेत

धान खेत
कञ्चनपरको शुक्लाफाँटा नगरपालिकाको उत्तरी चुरे क्षेत्रमा रहेको धान खेतको मनोरम दृश्य । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

अवरुद्ध सडक खुलाउने प्रयास

अवरुद्ध सडक खुलाउने प्रयास
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा गुइँठेभिरबाट खसेको पहिरोले अवरुद्ध भएको सडक डोजरको सहायताले पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिँदै । तस्बिरः कमल खत्री, म्याग्दी

२७ किलोको माछा

२७ किलोको माछा
शम्भु बादीले दाङको बबई नदीमा सोमबार जाल हानेर मारेको २७ किलोको ठेर प्रजातीको माछा । बषौैँदेखि माछा मार्दै आएका बादीले पहिलो पटक यति ठुलो माछा मारेको बताएका छन् । तस्बिरः बालाराम खड्का,

कृषकलाई बाख्रापालनमा अनुदान सहयोग

कृषकलाई बाख्रापालनमा अनुदान सहयोग
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका बादुँकमा कृषकले पालेको बाख्रा । कालिगण्डकी करिडोरस्थित बेगखोलाका कृषक व्यवसायिक रुपमा भेडा र बाख्रापालमा सक्रिय भएपछि जिल्ला पशुसेवा कार्यालयले गोठ, चरनक्षेत्र सुधार लगायतको अनुदान सहयोग गरेको छ । तस्बिर : धु्रबसागर शर्मा,बेनी,म्याग्दी,