घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु
इन्डोनेसिया/ इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको यहाँका अधिकारीले सोमबार जनाएका छन् । मदिरा सेवनबाट विरामी परेका केही अन्य व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतक सङ्ख्यामा केही वृद्धि हुनसक्ने इन्डोनेसियाली स्वास्थ्य अधिकारीले बताएका छन् । यस घटनापछि प्रहरीले विश्वको सबैभन...

भारतमा विद्यालय बस दुर्घटनामा १८को मृत्यु, १५ घाइते

भारतमा विद्यालय बस दुर्घटनामा १८को मृत्यु, १५ घाइते
एजेन्सी/ भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको राजमार्गमा पर्ने पुने जिल्ल...

कतारले नेपाली कामदारलाई क्षतिपूर्ति दिने, मेनपावर कम्पनीलार्इ तिरेकाे पैसा फिर्ता हुने

कतारले नेपाली कामदारलाई क्षतिपूर्ति दिने, मेनपावर कम्पनीलार्इ तिरेकाे पैसा फिर्ता हुने
दोहा । सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ ।बिश्वकपका लागि संरचना बनाउन नेपाल, बंगलादेश लगायतका देशबाट हजारौं कामदार ल्याइएको छ । यी कामदारहरु ठूलो रकम तिरेर कतार आएको र शोषणमा परेको भन्दै मानवअधिकारवादी संस्थाहरुले आवाज उठाएपछि कतारले बिदेशी कामदारलाई क्षतिपूर्ति दिने तयारी थालेको हो । कतार वर्ल्डकप आयोज...

सीको निमन्त्रणामा उत्तर कोरियाली नेता किम बेइजिङमा

सीको निमन्त्रणामा उत्तर कोरियाली नेता किम बेइजिङमा
एजेन्सी/ उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चीनको भ्रमण गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चीनको अनौपचारिक भ्रमणका लागि किम मार्च २५(आइतबार) बेइजिङ आएको चिनियाँ सञ्चार माध्यामले जनाएका छन् । किम बुधबार स्वदेश फर्किएका छन् । किमको बेइजिङ यात्रालार्इ ३ दिनसम्म गोप्य राखिएको थियो । मंगलबार मात्रै जापानिज सञ्चार माध्यामले किम बेइजिङ आएको दाबी गर्दै खबर दिएका थिए । उनी रेलबाट...

​बन्दूक नियन्त्रण माग गर्दै अमेरिकामा लाखौं मानिस सडकमा

​बन्दूक नियन्त्रण माग गर्दै अमेरिकामा लाखौं मानिस सडकमा
काठमाडौं । अमेरिकामा बन्दुक नियन्त्रणको माग गर्दै लाखौ मानिसहरु सडकमा उत्रिएका छन् ।  विद्यार्थीहरुको अगुवाईमा भएको प्रदर्शनमा समाजका विभिन्न क्षेत्रले समर्थन गरेका छन् । ‘मार्च फर आवर लाइभ्स्’ लेखेका ब्यानरसहित प्रदर्शनकारी सडकमा उत्रेका हुन् । राजधानी वासिंगटन डिसीमा सबैभन्दा ठूलो प्रदर्शन भएको छ भने देशको आठ सयभन्दा बढी स्थानमा यस्ता प्रदर्शन भएका छन् । वासिंगटनमा भएको कार्यक्रममा मात्रै पाँच ल...

जिम्बाबेमा तीन हजार कैदी बन्दीलाई आममाफी

जिम्बाबेमा तीन हजार कैदी बन्दीलाई आममाफी
काठमाडौं/जिम्बाबेमा ३ हजार कैदी बन्दीलाई आम माफी दिइएको छ । राष्ट्रपति एमर्सन मनाङ्गावाले देशका विभिन्न कारागारमा रहेका ३ हजार कैदी बन्दीलाई एकसाथ आम माफी घोषणा गरेका छन् । आम माफी पाउनेमा जन्मकैदको सजाय पाएका बाहेक अन्य सबै महिला कैदी छन् । यसैगरी १८ वर्षभन्दा कम उमेर समुहका सबै कैदीलाई पनि रिहा गरिएको छ । राष्ट्रपति मनाङ्गावाको पछिल्लो कदमले जिम्बाबेको कारागार व्यवस्थापनमा सहजता आउने अनुमान ग...

रोबोट ‘सोफिया’लाई प्रमुख वक्ता बनाएर काठमाडौंमा कार्यक्रम गरिदै

रोबोट ‘सोफिया’लाई प्रमुख वक्ता बनाएर काठमाडौंमा कार्यक्रम गरिदै
काठमाडौं । विश्वकी पहिलो रोबोट ‘सोफिया’ लाई  प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरीने भएको छ । गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले  रोबोट सोफियालाई आफ्नो देशको नागरिकता दिएको थियो । रोबोट सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा  हुने ‘टेक्‍नोलोजी फर पब्लिक सर्भिसेस डेभलपमेन्ट’ सम्मेलनमा भाग लिन उनी मंगलबार नेपाल...

आकाशबाट एकाएक हजारौं किलो सुनको वर्षा

आकाशबाट एकाएक हजारौं किलो सुनको वर्षा
रुसको सवैभन्दा चिसो शहर याकुट्सका मानिस त्यतिखेर हैरान भए जति बेला आफ्नो नजिक आकाशबाट सुन वर्षा भइरहेको थाहा पाए । शहरको प्रहरीपनि तत्काल सक्रिय भयो र आपतकालिन अनुसन्धान अप्रेशन शुरु ग¥यो । मानिस आश्चर्यमा थिए कि आखिर आकाशबाट कसरी सुनको वर्षा भो भनेर । चाडैं नै सवैलाई हैरान पार्ने वाला तथ्य सार्वजनिक भयो । समाचरका अनुसार याकुट्स एयरपोर्टबाट एक कार्गो विमान ३ हजार किलो सुन लिएर जाँदै थियो । ...

दुर्घटनाग्रस्त विमानका चालकले काठमाडौं उड्नुअघि नै दिएका थिए राजीनामा

दुर्घटनाग्रस्त विमानका चालकले काठमाडौं उड्नुअघि नै दिएका थिए राजीनामा
३० फागुन, काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नु अघि राजीनामा बुझाएको खुलेको छ । उनका साथीहरुलाई उदृत गर्दै बंगलादेशी सञ्चारमाध्यममा प्रकाशित समाचारमा उनले उडान भर्नुअघि ईमेलमार्फत यूएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएको उल्लेख गरिएको छ । ‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका...

दुर्घटनापछि भ्रमण छोट्याएर स्वदेश फर्किँदै बंगलादेशकी प्रधानमन्त्री

दुर्घटनापछि भ्रमण छोट्याएर स्वदेश फर्किँदै बंगलादेशकी प्रधानमन्त्री
काठमाडौँ/ राजधानीमा सोमबार भएको विमान दुर्घटनाले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सिंगापुर भ्रमण छोट्टिएको छ। आइतबार चार दिनको राजकीय भ्रमणका लागि सिंगापुर पुगेकी उनी आज मंगलबार नै स्वदेश फर्किँदै छन्। सोमबार बंगलादेशबाट काठमाडौँका लागि आएको युएस-बंगला विमान दुर्घटनापछि प्रधानमन्त्री हसिनाले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किन लागेको ढाका ट्रिव्यूनले जनाएको छ। उनी बुधबार साँझ स्वदेश फर्किने ...