सुत्केरीलाई रातो भाले

सुत्केरीलाई रातो भाले
धनकुटा — पाख्रिबास नगरपालिका–३ की १७ दिने सुत्केरी इन्दिरा थापाले घरभरि पाहुना आएपछि अनौठो मानिन् । अझ पाहुनाले रातो भाले र उपहार दिंदा उनलाई माइती नै आएजस्तो लाग्यो ।धनकुटाको पाख्रिबास–३ की सुत्केरीलाई शनिबार भाले र पोषणयुक्त खानेकुरा वितरण गरिंदै । पाख्रिबास नगरपालिकाले यसै महिनादेखि सुरु गरेको ‘वडाध्यक्षसँग कर्णधार’ कार्यक्रमअन्तर्गत जनप्रतिनिधि र स्वास्थ्यकर्मीलगायतको टोली उनको घरमा पुग...

विराटनगरमा पाइपलाइनबाट घरघरमा ग्याँस

विराटनगरमा पाइपलाइनबाट घरघरमा ग्याँस
विराटनगर । विराटनगर महानगरपालिकामा घरघरमा ग्याँस पुर्याइन थालिएको छ । वडा नम्बर १४ मा गौसेवा सदनले घरघरमा पाइप विछ्याइरहेको छ । जसबाट वायोग्याँस पुर्याइनेछ । गौशालाभित्र रहेका २ सय ७ वटा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्याँस चुलोसम्म पुर्याउने तयारी भइरहेको छ । गौशलादेखि करिब ३ सय मिटर टाढा रहेका ३२ वटा घरमा पहिलो चरणमा वायोग्याँस जडान गरिसकिएको छ ।विश्व बैंकको  ८४ लाख रुपैयाँ लगानीमा ...

अब धूवाँ फ्याँक्ने गाडीमाथि प्रतिबन्ध

अब धूवाँ फ्याँक्ने गाडीमाथि प्रतिबन्ध
काठमाडौं / सरकारले आगामी भदौ १ गतेदेखि धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । सवारी साधनबाट निस्कने धूँवाको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरण समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको हो । सरकारले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिका भित्र सवारीसाधन चेकजाँच गराई हरियो स्टिकर प्राप्त सवारी साधनले मात्...

​सुन प्रकरण : अनुसन्धान प्रतिबेदन प्रधानमन्त्रीलाइ बुझाइयो

​सुन प्रकरण : अनुसन्धान प्रतिबेदन प्रधानमन्त्रीलाइ बुझाइयो
काठमाडौं । साढे ३३ किलो सुन र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित गृह मन्त्रालयको छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम प्रतिवेदन बुझाएको छ । गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपात्ता पारिएको तस्करी बारे समितिले बुधवार साँझ प्रधानमन्त्री अाेलीलार्इ प्रतिवेदन बुझाएकाे हाे । ७५२ पृष्ठ उक्त प्रतिवेदनमा घटनाको प्रारम्भदेखि अनुसन्धान...

सांसदलाई धम्की राजनीतिक अस्थिरता फैलाउने खेल : गृहमन्त्री

सांसदलाई धम्की राजनीतिक अस्थिरता फैलाउने खेल : गृहमन्त्री
१७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सांसद निरु पाललाई धम्की दिएको घटना राजनीतिक अस्थिरता फैलाउने उद्धेश्यले गराइएको बताएका छन् । नेकपाका सांसद पालले हालै मात्र आफूलाई पेस्तोल देखाएर धम्की दिएको बताएकी थिइन् ।   संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले यो घटना राजनीति प्रकृतिको रहेको बताएका हुन् । अहिले पनि विभिन्न मुद्दा उठाएर राजनीतिक अस्थिरता...

​कक्षा १२ को परीक्षाफल सार्वजनिक

​कक्षा १२ को परीक्षाफल सार्वजनिक
भक्तपुर। कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुासर परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८...

कांग्रेसले अब के गर्छ ? प्रवक्ता भन्छन्- जन्ती लिएर आउँछौं !

कांग्रेसले अब के गर्छ ? प्रवक्ता भन्छन्- जन्ती लिएर आउँछौं !
१६ साउन, काठमाडौं । सरकारविरुद्ध देशभर भएको विरोध प्रदर्शनमा कार्यकर्ताको सहभागितालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेस उत्साहित देखिएको छ । तर, अगाडि प्रश्न तेर्सिएको छ- अब के गर्ने ? डा. गोविन्द केसीको अनसनका कारण सरकार चर्को दबावमा परेका बेला कांग्रेसले दबावमूलक आन्दोलन घोषणा गरेको थियो । सरकार संविधानको बर्खीलापमा अघि बढ्न खोजेको भन्दै भ्रातृ संगठनलाई सडकमा पठाएको कांग्रेसले मंगलबार सबै ज...

नेपालकाे राष्ट्रिय झण्डा अंकित भवन यतिबेला सामाजिक सञ्जालमा भाइरल

नेपालकाे राष्ट्रिय झण्डा अंकित भवन यतिबेला सामाजिक सञ्जालमा भाइरल
इटहरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीकाे इटहरी स्थित पूर्वलाइनमा बनेकाे नेपालकाे राष्ट्रिय झण्डा अंकित भवन यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । फेशबुक ट्विटर , भाइबरमा सेल्फि खिचेर घर संगैकाे तस्विर राख्न अहिले भ्याइनभ्याइ छ ।  प्रदेश एककाे नामि सहर भनेर चिनिने इटहरीमा पछिल्लाे समय ब्यापारीक प्रतिस्पर्धासंगै अग्ला भवनहरू बनाउने हाेडबाजी चलिरहेकाे बेला याे भवनले अहिले निकै चर्चा पाएकाे ...

​बन्न नपाउँदै भत्कियो पिकनिक स्पोट, निर्माणमा लापरवाही

​बन्न नपाउँदै भत्कियो पिकनिक स्पोट, निर्माणमा लापरवाही
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १० प्रकाशपुरस्थित रामधुनी सामुदायिक वनमा निर्माण गर्न लागिएको पिकनिक स्पोर्ट बन्न नपाउँदै भत्कीन सुरु भएको छ । उक्त पिकनिक स्पोर्ट नगरपालिकाको ८ लाख र रामधुनी सामुदायिक वनको चार लाख लगानीमा निर्माण भइरहेकोछ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको योजनामा निर्माण कार्यको सुरुवाती चरणमै लापरवाही भएको पाइएको छ । हालसम्म निर्माण कार्यको लाग...

लालबाबु पण्डित र रघुवीर महासेठ रेड जोनमा

लालबाबु पण्डित र रघुवीर महासेठ रेड जोनमा
काठमाडौं- सरकारले अपेक्षअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कार्यक्षमता र शैलीप्रति असन्तुष्ट बनेका छन् । सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुको कार्यक्षमता मूल्यांकन गर्न थालेको हो । मूल्यांकन राम्रो नआए मन्त्रिपरिषद सदस्यहरुको जिम्मेवार हेरफेर गर्ने मनस्थिततिमा प्रधानमन्त...