बिना मेकअप देखिइन् माधुरी दिक्षित, क्यामरा देखेर लुकाइन् अनुहार

माधुरी दिक्षित बुधबार श्रीमान् श्रीराम नेने बान्द्रा (मुम्बई) मा देखिएकी छिन् । सधैं फूल मेकअपमा देनिे माधुरी दिक्षितले यतिबेला कुनै मेकअप गरेकी थिइनन् । यसैकारण उनी निकै भिन्न देखिएकी थिइन् र उनको वास्तविक उमेर झल्किएको थियो । माधुरीले यो क्रममा फोटोग्राफरलाई देखेपछि आफ्नो अनुहार लुकाउन थालिन् । यद्यपी, उनले यसो गर्दा पनि उनका थुप्रै फोटो क्लिक भए । माधुरी आउँदो मे महिनामा ५० वसन्तमा टेक्दैछिन् ।...

हवाई आक्रमणमा आठ महिला एक बालकाको मृत्यु

साना, ५ फागुन । यमनको राजधानीनजिकै भई रहेको एक अन्त्येष्टि कार्यक्रमको स्थानमा गए रात रातभरी भएको हवाई कार्यक्रममा परी आठ महिला र एक बालकको मृत्यु भएको चिकित्सक स्रोतले बिहीबार जानकारी दिएको छ । यस हवाई कार्यक्रममा परी अन्य १० महिला घाइते भएका छन् । सानाबाट ४० किलोमिटर उत्तरतर्फ पर्ने अमर्हाब जिल्लामा अन्त्येष्टि समारोहमा महिला बर्ग जम्मा भइरहेका स्थानमा सो आक्रमण भएको जनाइएको छ । ...

लाहोरमा विरोध प्रदर्शनमा विस्फोट सातको मृत्यु र चालिस घाइते

पाकिस्तान, ३ फागुन । पाकिस्तानको यहाँको पूर्वी सहर लाहोरमा प्रदर्शन भइरहेको स्थानमा विशाल विस्फोट भएको पाकिस्तानी प्रहरीले जनाएको छ । घटनामा कम्तीमा सात मानिसको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएको प्रहरी अधिकृत जाहिर अब्बासले पुष्टि गर्नुभयो । उहाँका अनुसार एक जना मोटरसाइकलमा सवार आत्मघाती आक्रमणकारीले सयौँ फर्मासिस्टहरुको विरोध प्रदर्शन भएको ठाउँमा लगेर विस्फोट गराएको जनाउनुभयो । घटना...

बम आक्रमणमा तीन सैनिक मारिए

पाकिस्तान । अफगानिस्तानको सीमाक्षेत्रमा रहेको सधँै अशान्त भइरहने पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाकामा सडक किनारमा रहेको बम विस्फोटमा परी तीन अर्ध सैनिकको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् । दक्षिणी वाजिरिस्तान आदिवासी जिल्लाको तोइखोला गाउँमा आइतबार गस्तीमा रहेका सैनिक लक्षित सो विस्फोट गराइएको बताइएको छ । दक्षिणी वाजिरिस्तानमा गस्तीमा रहेका सैनिक लक्षित सो बम विस्फोटमा तीन सैनि...

ट्रम्पलाई अर्को झट्का

न्युयोर्क,अमेरिकी संघीय पुनरावेदन अदालत, ‘नाइन्थ सर्किट कोर्ट’ सानफान्सिस्कोले मुस्लिम बहुल ७ मुलुकका नागरिकलाई अमेरिका प्रवेश रोकको विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अपिल अस्वीकार गरेको छ । ट्रम्पको आदेश असंवैधानिक रहेको अदालतको फैसला छ । ट्रम्पले ह्वाइट हाउस सम्हालेलगत्तै राष्ट्रिय सुरक्षा एवं आतंकवादको एजेन्डा अघि सार्दै कार्यकारी आदेशमार्फत शरणार्थी एवं मुस्लिम बहुल सात मुलुकका नागरिकलाई ९...

डीभी बन्द गर्ने विधेयक अमेरिकी सदनमा, नेपाली आप्रवासी प्रभावित

न्युयोर्क , संयुक्त राज्य अमेरिकाका दुई अनुदारवादी सिनेटरले वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले माथिल्लो सदन (सिनेट) मा आप्रवासीसम्बन्धी विधेयक दर्ता गराएका छन् । विधेयकको मूल उद्देश्य हालको आप्रवासी आगमनलाई ५० प्रतिशतले कटौती गर्ने छ । विधेयक सिनेटरद्वय अर्कान्सासका टम कटन र जर्जियाका डेविड पर्डयुले दर्ता गराएका हुन् । अमेरिकामा बसोबासको वैधता हाल हरेक वर्ष १० लाख आप्रवासीले पा...

फ्रान्सेली आणविक भट्टी विस्फोट

फ्रान्स, २७ माघ । फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी सामान्य घाइते भएको फ्रान्सले जनाएको छ । स्थानीय सरकारी अधिकारी ज्याक्स विटकोस्कीले यो आणविक दुर्घटना नभै तर सामान्य बिष्पोट भएको बताउनुभएको छ । सन् १९८० देखि सञ्चालनमा रहेको भट्टीको एउटा भेन्टिलेटर आणविक क्षेत्रभित्र विस्फोट भएको र ...

यो गाउँमा मुसलमानलाई प्रवेश निषेध छ

काठमाडौं, २७ माघ — युरोपेली मुलुक हंगेरीको एक गाउँ एसोथलममा मुलमानहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । यहाँ मुसलमान वस्त्र लगाउन र नमाज पढ्न पनि पाइँदैन । राजधानी बुडापेस्टबाट दुई घन्टाको दूरीमा रहेको यो गाउँले मुसलमान संस्कृतिविरुद्ध लडाईं शुरु गरेको छ । यहाँ युरोपका अन्य इसाइलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ । ती इसाइहरू अरू धर्मका मानिससँग घुलमिल गर्न चाहँदैनन् । लास्लो तोरसकई भन्छन्, ‘...

मध्यरातिको भूकम्पले यसरी खोलिदियो यौनधन्दाको पोल

सोमबार राति भारतको उत्तराखण्डस्थित रुद्रप्रयागलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पले नेपालको सुदूरपश्चिमी क्षेत्रमा पनि धक्का दियो । सोमवार राति नेपाली समयअनुसार १० बजे ४८ मिनेटमा गएको ५‍.६ म्याग्निच्यूडको भूकम्पले एउटा वेश्यालयको पोल खोलिदिएको हो । भूकम्पको झट्का आएपछि दिल्लीकै शकरपुरस्थित एउटा घरको पहिलो तलाको बारदालीबाट केही युवतीसहित पुरुषहरु पनि हामफाल्दै भाग्दै गरेको देखियो । केहीबेरपछि ...

पुलिसले लियो भैँसीको बयानः सोध्यो- तिम्रो मालिक को हो र ?

पुलिसको काम नै अपराधीको बयान लिने हो । तर भारतको पुलिस भने अलिक अगाडि रहेछ यस मामिलामा । कहिले कुखुरालाई जेलमा थुन्ने त कहिले भैँसीलाई अदालतमा उपस्थित गराउने । अनि यसपटक भारतीय पुलिसले भैँसीको बयान लिएर अर्को कीर्तिमान कायम गरेको छ । केही समयअघि भारतको हरिद्धारमा एक भैँसीमाथिको स्वामित्वको विवाद पुलिसकोमा पुग्यो । उक्त भैँसी आफ्नो भनेर दुईजना मानिसले दाबी गरेपछि पुलिसलाई भैँसीको मालिक को हो ? भनेर...