भारतमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प

भारत । भारतको देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । दिल्लीसहितका बिभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । गएराति १० बजेर ४९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर अमेरिकी भूगर्भ विभिग युएसजिएसले भने ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प रहेको जनाएको छ । दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पक...

ट्रम्पको नीतिले अमेरिका जान डराए नेपाली विद्यार्थी

२४ माघ, काठमाडौं । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका आकर्षण घटेको हो। आइतबार अमेरिकाको नो अब्जेक्शन लेटर लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन्। आजको नागरिक दैनिक...

रिचार्ज पसलबाट ५० रुपैयाँ देखि ५ सय सम्ममा बिक्छन् युवतीका मोवाइल नम्वर

२१ माघ, काठमाडौं । भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा अनौठो समाचार प्रकाशित भएको छ । समाचारका अनुसार उत्तर प्रदेश प्रहरीको भनाई अनुसार त्यहाँ युवतीहरुको मोवाइल नम्वर खुलेआम बिक्री भैरहेको छ । मोवाइल फोन रिचार्ज गर्ने पसलबाट युवतीहरुको मोवाइल नम्वर विक्री हुने गरेको छ । दावी गरिएको छ कि युवतीको उमेर र सुन्दरता हेरेर उनको नम्वरको दाम लगाइन्छ । किन्नेहरुले यी नम्वरको प्रयोग युवतीलाई जिस्काउनका ला...

भारतमा घरले च्यापेर चार जनाको मृत्यु

 नयाँदिल्ली । निर्माणाधीन भवन भत्किएर च्याप्दा बुधबार भारतको उत्तरी क्षेत्रमा चार जना मजदुरको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यको कानपुरमा आवासीय भवन बनाउने क्रममा लडेर उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । चार जना मजदुरको मृत्यु भएको छ भने अन्य १७ जनालाई तत्काल उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । स्थानीय उच्च अधिकारी कौशल राजले एएफपीलाई टेलिफोनमा जानकारी दिनुभयो । भा...

झडपमा २४ आतङ्ककारी मारिए

अफगानिस्तान, १९ माघ । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको सनगीन जिल्लामा जारी रहेको हवाई र स्थल कारबाहीमा परी दुई दर्जनभन्दा बढी आतङ्ककारी मारिनुको साथै अन्य २५ जना घाइते भएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ । जारी विज्ञप्तिका अनुसार स्थल र हवाई आक्रमणम १९ तालिवान लडाकू मारिएका छन् । त्यसैगरी गत दुई दिनमा पाँच आतङ्ककारी मारिएका बताइएको छ । यद्यपी अफगान सरकार प्रमुख कार्यकार...

ज्यान गुमाउने अफगान सुरक्षाबलको सङ्ख्यामा बृद्धि

वासिङ्गटन, १९ माघ । अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा गत बर्षका अफगान सुरक्षा अधिकारीकहरुको ज्यान जाने क्रममा बृद्धि भएको एक अमेरिकी निगरानीकर्ताले बुधबार जानकारी दिएका छन् । स्पेशल इन्सपेक्टर जर्नेल फर अफगानिस्तान रिकन्स्ट्रक्सन ((सिगार) का अनुसार यस द्वन्द्वको क्रममा अफगानिस्तानमा सन् २०१६ को जनवरी १ बाट नोभेम्बर १२ सम्म अफगान सैनिक र प्रहरीगरी ६ हजार ७८५ जनाको ज्यान गएको छ । त्यसैगरी यस स...