दाताले पैसा नदिँदा पुनर्निर्माण प्रभावित

२७ माघ, काठमाडौं । भूकम्प पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलनमा व्यक्त प्रतिबद्धताअनुसारको रकम प्राप्त नहुँदा शिक्षा, स्वास्थ्य र पुरातात्विक सम्पदा निर्माण प्रभावित भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबार संसद्को लेखा समितिलाई दाताहरूबाट व्यक्त प्रतिबद्धताअनुसारको रकम प्राप्त नहुँदा पुनर्निर्माण प्रभावित भएको जानकारी गराएको हो । भारत सरकार तथा भारतीय एक्जिम बैंकबाट प्...

माओवादी–कांग्रेस सम्बन्ध चिसिँदै, निर्वाचन मिति घोषणा नगरेकोमा असन्तुष्टि

२३ माघ, माठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन् । प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्...

पेन्सनपछि स्वदेशमै स्वरोजगार बन्दै पूर्वसेना

२३ माघ, माठमाडौं । ‘बन्दुक चलाउने हातले माटो छुँदैन’ सेवा निवृत्त सैनिक कर्मचारीमा केही वर्ष पहिलेसम्म यस्तै भ्रम थियो । अवकाशपछि उनीहरूको पहिलो रोजाइ वैदेशिक रोजगारीमा सुरक्षागार्ड नै हुन्थ्यो । पेन्सन भएसँगै धेरैजसो राजीनामा दिएर विदेश जाने गर्थे तर तीन वर्षयता भने उनीहरूको जीवनमा निकै परिवर्तन आएको छ ।  अवकाश तथा पेन्सनपछि राजीनामा दिएर विदेश जान चाहनेभन्दा स्वदेशमै स्वरोजगार गर्नेहरूको सङ्ख्या...

नायव सुब्बाका लागि मागेको भन्दा १ सय ६२ गुणा बढी आवेदन

२३ माघ, काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो । लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । दोब्बर दस्तुर तिरेर अझै एक सातासम...

सर्वोच्चले द्वन्द्वकालीन घटना छानबिन गर्ने बाटो खोलिदियो, उजुरी मापदण्ड खारेज

२० माघ, काठमाडौं । सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोगले बनाएको मापदण्ड बुधबार खारेज गरिदिएको छ । मापदण्ड खारेज गर्ने सर्वोच्चको निर्णयसँगै आयोगले द्वन्द्वकालका सबै प्रकृतिका घटनाका उजुरीमा छानबिन गर्न आयोग बाध्य भएको छ । सर्वोच्चका न्यायाधीशद्वय जगदीश शर्मा पौडेल र दीपककुमार कार्कीको संयुक्त इजलासले मापदण्ड खारेज हुने निर्णय सुनाएको हो ।आयोग...

शका ४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने

२० माघ, काठमाडौं । देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरू कुनै पनि वेला भत्किन सक्ने सडक विभागले जनाएको छ । सामान्यतया एउटा पक्की पुलको आयु ५० वर्ष मानिन्छ । तर, अधिकांश पुल निर्माण भएको ४० वर्ष पूरा भइसकेको छ । केही ४५ वर्ष पुगेका छन् । जोखिममा पुगेकामध्ये केहीको ‘लाइफ स्पान’ पूरा हुन लाग...

सहरमै चेलीबेटी बेच्ने सञ्जाल सक्रिय

२० माघ, काठमाडौं । चेलीबेटी बेचविखनको जालो भक्तपुरसम्म फैलिएको पाइएको छ। उक्त जालोले महिलाहरुलाई आकर्षक कमाई हुने काम दिलाइदिने प्रलोभन दिएर भारतका विभिन्न सहरमा लगेर बिक्री गर्ने गरेको तथ्य खुलेको हो । उक्त जालोका सदस्यले चेलीबेटीलाई रोजगारीको नाउँमा दुई चरणमा भारतका नयाँदिल्ली, मुम्बईलगायतका सहरमा पुर्‍याउने गरेका छन् । पहिलो चरणमा भक्तपुरमा रहेका उक्त जालोका सदस्यले यहाँका चेलीबेटीलाई भारतसँ...

पूर्वराजा ज्ञानेन्द्र शाह आज बैंकक जाँदै

२० माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी आज थाइल्यान्ड भ्रमणमा जाँदै छन् । साताव्यपी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लागेका हुन् ।उनीहरूभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए । अाजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएक पूर्वराजाको परिवार फेरि एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको हो । यो भ्रमण घुमघामको लागि मात...

दाहाल सरकारको छ महिनाः न सहमति, न सहकार्य

१९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ६ महिनाको अवधिमा प्रमुख राष्ट्रिय मुद्दामा सहमति जुटाउन असफल बनेको छ । संविधान कार्यान्वयनलाई तीव्रता दिनेदेखि संविधान संशोधन, स्थानीय निर्वाचन मिति घोषणा, अख्तियार प्रमुखविरुद्धको महाअभियोग प्रस्तावलगायत विषयमा सरकार सत्तारूढ र विपक्षी दलहरूसँग सहमति एवं सहकार्यका साथ अघि बढ्न पूर्णतः असफल बनेको हो । कुन–कुन बुँदामा संविधान संशोधन...

देउवालाई कसले दियो चुनाव रोक्न दबाव ?

१९ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएरमात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर रुपमा दबाब परिरहेका बेला बाह्य दबाब पनि आउन थालेपछि देउवाले ठाडै अस्वीकार गरेका हुन् । बाह्य प्रेरणा र मोर्चाको मागअनुसार संविधान संशो...