कृषकलाई हाते ट्याक्टर वितरण
पाँचथर, २५ फागुन । जिल्ला कृषि विकास कार्यालय पाँचथरले मंगलबार जिल्लाका बाह्र वटा कृषक समूहलाई एक–एक थान हाते ट्याक्टर हस्तानतरण गरेको छ । कृषकहरुलाई गोरुको अभावमा नया प्रबिधिमा खेतबारी खनजोतमा सहज होस भन्ने उद्देश्यले हाते ट्रयाक्टर वितरण गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाको रानीगाउँ गाविसको दुई र सराङडाँडा, याङ्नाम, फाक्तेप, लुम्फाबुङ, आरुबोटे, नवमीडाँडा, नागी, रवि, कुरुम्बा र नांग...