यसरी छापिँदो रहेछ चीनमा नेपाली नोट, हेर्नुहोस् नोट छपाइको दृश्य (फोटो फिचर)

काठमाडौँ, ७ चैत, तपाईंलाई नेपाली नोट कहाँ र कसरी छापिन्छ होला भन्ने लागेको होला । आज हामी तपाईलाई नेपाली नोट कसरी र कहाँ छापिन्छन् भन्ने देखाउँदै छौँ । नेपालमा हाल ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट प्रचलनमा छन् । यी नोटहरु सबै एकै देशमा र ठाउँमा छापिँदैनन् । त्यसमध्ये केही नोट चीनमा छापिने गरेका छन् । नेपालमा प्रचलनमा रहेका १०० र १००० रुपैयाँको नेपाली नोट सन् २०१६ मा चिनिया बैंक नोट प्रिन्टि...

वाणिज्य बैंकहरुले धमाधम दिन थाले ऋण, एक महिनामै १६ अर्ब प्रवाह

३ चैत, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकहरुले निक्षेप रकम वृद्धि नभए पनि धमाधम कर्जा जारी गरिररहेका छन् । राष्ट्र बैंकले दिएको नीतिगत सहुलियतबाट फाइदा उठाउँदै बैंकहरुले एक महिनामै करिब १६ अर्बको ऋण प्रवाह गरेका छन् । राष्ट्र बैंकले कोर पुँजी र निक्षेपको तुलनामा कर्जा लगानी अनुपात (सीसीडी) गणनामा नीतिगत सहुलियत दिएपछि वाणिज्य बैंकहरुले एक महिनामै यति धेरै ऋण प्रवाह गरेका हुन् । तर, यसरी जारी भएक...

कैदीमाथि हुन्छ वार्षिक ७३ करोड खर्च

काठमाडौं/ कारागारमा रहने कैदी तथा बन्दीमाथि वार्षिक ७० करोडभन्दा बढी खर्च हुने गरेको पाइएको छ । कारागार विभागका अनुसार गत आर्थिक वर्षमा देशभरका कारागारका कैदी तथा बन्दीमाथि करिब ७३ करोड रुपैयाँ खर्च भएको थियो । यो खर्च विभागअन्तर्गतका बाल सुधार गृह र आश्रित पनि समावेश छन् । गत वर्ष सिदा/रासन खर्चअन्तर्गत ६७ करोड ५८ लाख ७४ हजार रुपैयाँ खर्च भएको थियो । यसैगरी, उपचारमा पाँच करोड १४ लाख ५१ हजार रु...

सुनचाँदीको भाउ घट्यो

काठमाडौं/सुनको भाउ मंगलबार तीनसय रुपैयाँले घटेको छ । मंगलबार सुन तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँले सस्तिएको छ । चाँदी मंगलबार तोलाको ७ सय ८० रुपैयाँ छ । सुनचाँदीको भाउ अझ घट्न सक्ने अनुमान गरिएको महासंघले जनाएको छ ।

मन्दीको मारमा यौनकर्मी : छात्राहरू पकेट मनिका लागि यौन व्यवसाय !

बेलायतसहित बाँकी युरोप आर्थिक मन्दीबाट गुज्रिरहेको छ र यसको प्रभाव यौनकर्मीहरूको जीवनमा समेत परेको छ । वेस्टमिन्स्टर सिटी काउन्सिलको एक प्रतिवदेनअनुसार खराब आर्थिक अवस्थाको कारण पहिलेको तुलनामा यौनकर्मीहरू ग्राहकबाट कम शुल्क लिन बाध्य भएका छन् । प्रतिवेदनमा यौनकर्मीको आम्दानीमा मात्र कमी आएको नभई उनीहरू असुरक्षित समेत बनेको उल्लेख छ । बेलायती समाचार संस्था रोयटर्सको समाचारअनुसार कमाइमा आएको गि...

पशुपतिको भेटी तीन वर्षमा करिब तीस करोड रूपैयाँ

२७ फागुन, काठमाडौं । पशुपतिनाथमा भक्तजनले चढाएको भेटी तीन वर्षयता करिब तीस करोड रुपियाँ पुगेको छ ।  यसमा विशेष पूजा गराएबापत चौध करोड रुपियाँ प्राप्त भएको छ । पशुपतिनाथको भेटी व्यवस्थापन गर्न बनेको नियमावली लागू भएपछि पशुपतिनाथ समक्ष यो भेटी प्राप्त भएको हो । पशुपति क्षेत्रको भूउपयोगसहित नयाँ गुरुयोजना तर्जुमा गर्न आयोजित बृहद कार्यशाला गोष्ठीमा पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढु...

एनआईसी एशिया बैंकको विपन्न वर्ग कर्जा शुरु

१९ फागुन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ग्रामीण भेगमा रहेका किसान व्यवसायीहरुलाई वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले विपन्न वर्ग कर्जा शुरुवात गरेको छ । सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले नेपाल राष्ट्र बैंकले तोकेको विपन्न वर्गमा लगानी गर्नु पर्ने २ प्रतिशत प्रत्यक्ष लगानी यसै आर्थिक वर्षको अन्तसम्ममा पुर्याउने गरि सबै कार्यविधिहरु पुरा गरिसकेको र ग्रा...

रोटरी भवन बनाउन एक करोड सहयोग

चितवन, ५ फागुन । चितवन रोटरी क्लबले निर्माण गर्न लागेको भवनका लागि यहाँका एक दम्पतीले रु एक करोड सहयोग गरेका छन् । क्लबले बुधबार साँझ आयोजना गरेको कार्यक्रममा भरतपुर उपमहानगरपालिका–४ निवासी सन्तकुमार श्रेष्ठ र उहाँकी पत्नी निर्मला श्रेष्ठले आफ्ना बाबु आमाको नामबाट पुन्ना नारायण उजेली कार्डिया सेन्टर सञ्चालनका लागि सहयोग गर्नु भएको हो । सो अवसरमा चेक हस्तान्तरण सहित संझौता गरिएको थियो । संझौता ...

दोहोरो फाइदाका लागि राँगापालन

पोखरा, १९ माघ । कास्कीको लेखनाथ नगरपालिका–१२ खुदीका सुरेन्द्र थापाले दोहोरो फाइदा लिनका लागि राँगापालन व्यवसाय सुरु गर्नुभएको छ । व्यावसायिक रुपमा तरकारीखेती समेत गर्दै आउनुभएका थापाले मल र मासुका लागि राँगापालन व्यवसाय सुरु गर्नुभएको हो । धेरैजसोले गाई, भैँसी, कुखुरा, बाख्रापालनलगायत व्यवसाय गरेर कमाइ गरेका चर्चा सुन्नमा आएपनि थापाले राँगापालन व्यवसाय गरेको देख्दा यहाँका बासिन्दाले अनौठो मानेका छ...

पच्चिस गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा

गौशाला, १९ माघ । महोत्तरी जिल्लाका गौशाला–६ निवासी इन्जिनियर २२ वर्षीय निशान्तकुमार साहले आफ्नो समुदायका २५ गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा गर्नुभएको छ । नुवाकोट जिल्लाको सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुरमा सिभिल इन्जिनियर पदमा कार्यरत निशान्तले आज सरस्वती पूजाको अवसरमा शिक्षाबाट वञ्चित आफ्ना समुदायका २५ बालबालिकालाई गौशाला जिरोमाइलमा अवस्थित रामजानकी बोर्डिङ स्कुलमा आफ्नै खर्...