०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले ज्येष्ठ नागरिकहरुलाई टोलदेखि घरसम्म पुगेर सम्मान गर्दै आएकी छन् ।उनले पालिकाका ८५ वर्षदेखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई प्रत्येक टोलमा पुगेर सम्मान गर्दै आएकी हुन् । कार्यक्रम स्थलसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई भने घरमै पुगेर सम्मान गर्दै आएकी छन् ।

ज्येष्ठ नागरिकको अवस्था बुझ्न र उनीहरुलाई जाडोमा न्यानो ओढ्ने फाइबरको सिरक, पौष्टिक तत्वयुक्त खानेकुरा लिएर जाने गरेको उनले बताइन् । पालिकाले चालु आर्थिक वर्षको बजेटमा दुई लाख रुपैयाँभन्दा बढी बजेट ज्येष्ठ नागरिकको सम्मानका लागि छुट्ट्याएको उनको भनाइ छ ।‘‘कतिपय ज्येष्ठ नागरिकका लागि सानो सम्मान पनि जाडोमा ठूलो भएको छ,’’ अध्यक्ष काफ्लेले भनिन्, ‘‘आर्थिकरूपमा विपन्न ज्येष्ठ नागरिकहरु सिरक लिएर घरमा पुग्दा खुसीले गदगद हुनुहुन्छ ।’’ उनले तीन दिनअघिदेखि सुरु गरेको कार्यक्रममा पालिकाभित्रका २७० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बताइन् ।सम्मानको कार्यक्रम लिएर घरघरमा पुग्दा कतिपय ज्येष्ठ नागरिकको अवस्था दयनीय पाइएको उनको भनाइ छ । ‘‘ज्येष्ठ नागरिक अमूल्य सम्पति, ज्ञान र अनुभवका भन्डार भए पनि कतिपयको जीवन दुःखदायी र कष्टपूर्ण पाएँ । उहाँहरुले पोखेका गुनासा र समस्याको समाधान गर्न सकेसम्म पहल गर्नेछु,’’ उनले भनिन् ।सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता विवरणको आधारमा उनीहरुको पहिचान गरिएको उनले बताइन् । गत वर्ष ९० वर्षमाथिका १०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

उनले पालिकाले पठाएको विवरणको आधारमा प्रदेश नम्बर–१ को सरकारले प्रतिव्यक्ति पठाइदिएको ज्येष्ठ सम्मानबापतको नगद पाँच हजार रुपैयाँमा आफूले न्यानो सिरक थपेर वितरण गरेको बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]