०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – साउदी अरेबियामा कोरोना भाइरस र विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ। हालसम्म २४ हजार ९ सय ६३ जना चार्टर्ड उडानबाट स्वदेश फिर्ता भएका छन् भनेयुएई बाट ६५ हजार २ सय ४० तथा कतारबाट ४८ हजार ९ सय ५८नेपाली स्वदेश फिर्ता भएका छन् ।

साउदी अरेबियास्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावास जेद्धालेकोरोना भाइरसको कारण स्थगित भएको कामदार मागपत्र प्रमाणीकरण कार्य पुन २४ जनावरी २०२१ बाट संचालन गर्ने भएका छन् भने दूतावासको सहयोगमा सम्बन्धीत कम्पनीमा कार्यरत कम्पनीले अकामा नविकरण नगरेका १५ सय २४ जना नेपालीको साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको छ ।साउदी सरकारले कोराना भाइरसलाई मध्यनजर गदै लागु गरेका सबै प्रतिबन्ध ३१ मार्च २०२१ देखि हटाउने भएको छ भने अन्तर्राष्ट्रिय उडानहरू समेत नियमित रूपमा संचालन हुने एसपीएले जनाउनुको साथै साउदी र कतार बीच रहेका सबै प्रतिबन्ध सीमाना खुल्ला भएका छन् ।साउदीमा कोरोना भाइरसको भ्याक्सिन लिएकालाई सरकारले हेल्थ पासपोर्ट जारी गर्ने भएको छ । हालसम्म साउदीमा १ लाख ३९ हजार भन्दा बढीले भ्याक्सिन लिइसकेका छन् भने किङसलमानले समेत पहिलो डोजको भ्याक्सिन लगाएका छन् ।

कोरोना भाइरसबाट साउदीमा हालसम्म ३ लाख ६३ हजार ८ सय ९ जना संक्रमित हुनुको साथै ६ हजार २ सय ९१ जनाको मृत्यु भएको छ भने ३ लाख ५५ हजार ५ सय ४८ जना निको भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]