१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – किर्गिस्तानमा भएको राष्ट्रपतीय निर्वाचनमा साडिर जापारोभ ठूलो अन्तरले विजयी हुने प्रारम्भिक नतिजाले देखाएको छ । बीबीसीका अनुसार अधिकांश मतगणना सकिँदासम्म जापारोभको पक्षमा ८० प्रतिशत मत खसेको छ । जापारोभ राजनीतिक बन्दी बनेर किर्गिस्तानमा जेल सजाय पनि काटिसकेका व्यक्ति हुन् ।

जापारोभले जितसँगै थप राष्ट्रपतीय अधिकार पनि पाउनेछन् । राष्ट्रपतीय निर्वाचनसँगै भएको जनमतसंग्रहमा संविधान संशोधन गरी राष्ट्रपतिलाई थप अधिकार दिने पक्षमा धेरैले मतदान गरेका हुन् ।गत अक्टोबरमा भएको संसदीय निर्वाचनसँगै किर्गिस्तानमा राजनीतिक संकट चुलिएको हो । उक्त निर्वाचनको नतिजाबारे विवाद देखिएको थियो । नतिजाको विषयलाई लिएर देखिएको आन्दोलनपछि राष्ट्रपति सुरोनबे जीनबेकोभले राजीनामा दिएका थिए ।

प्रारम्भिक मतगणनामा अगाडि देखिएसँगै जापारोभले भ्रष्टाचारमुक्त खुला सरकार गठन गर्ने बताएका छन् । उनले आफ्नो सरकारले यसअघिको सरकारले गरेको गल्ती नदोहोर्‍याउने स्पष्ट पारेका छन् । उनले मुलुकमा लामो समयदेखि भ्रष्टाचारले जरा गाडेर बसेको उल्लेख गर्दै आफूले भने भ्रष्टाचारलाई नसहने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]