सप्तरीको राजविराज नगरपालिका वडा न.-३ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
आज बिहान ती पुरुषको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयाे ।मृतक सप्तरीको राजविराज स्थित मविव क्याम्पसमा उप प्रध्यापक हुनुहुन्छ । गत असोज ८ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए ।
विराट मेडिकल कलेज बिराटनगरबाट रिफर प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा उनमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो । उहाको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार २४४ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमध्ये १४ जनाको मृत्यु भएको छ भने ८९३ जना निको भएको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।