०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीखोलामा निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परिक्षण थालिएको हो । आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युतगृहमा एकै साथ परिक्षण भइरहेको जानकारी दिए ।

‘बाँध र क्यानल (पानी थिग्राउने पोखरी)को यसअघिनै परीक्षण सफल भइसकेको छ,’उनले भने, ‘परीक्षणका लागि सुरुङ र पेनस्टक पाइपमा हालिएको छ ।’विद्युतगृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परिक्षण भइरहेको छ । हाइड्रोमेकानिकल सम्बन्धी प्राबिधिक टोलीले विद्युतगृहको अटोमेसनको काम सुरु गरेको छ । आयोजनाका प्रतिनिधी चुडामणी निरौलाले अबको तीन हप्ताभित्र संरचना र उपकरणको परिक्षण सकेर बिद्युत उत्पादन सुरु गर्ने कार्यतालिका बनाएको बताए । अहिलेकै गतिमा काम भएमा र कुनै समस्या नआए तीन हप्ताभित्र परिक्षण सकिन्छ,’ उनले भने, ‘सुरुङ र पेनस्टकमा देखिएका चुहावट सुधारको काम भइरहेको छ ।’सन २०१६ को जुन १३ मा सुरु भएको आयोजनाले निलगिरी र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएर दुई हजार २७०.५ मिटर सुरुङ र २५० मिटर उचाइबाट पानी खसालेर बिद्युत उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ । बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ । बेशीगाउँदेखि दाना स्थित २२० केभी क्षमताको सबस्टेशनसम्म १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइन निर्माण गरेको छ । ११ वटा मध्य गत बर्खामा आएको बाढीले एक वटा टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो । जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुननिर्माण सकिएको छ । पाँच अरब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड रुपैयाँ, जलविद्युत विकास कम्पनीले एक अरब रुपैयाँ र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड रुपैयाँ ऋण लगानी रहेको छ । आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरुलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ । साधारण सेयर पनि बाडफाँड भइसकेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि निर्माण सुरु भएको हो । मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले गत माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।

अन्नपूर्ण–३ दाना देखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको २२० केभी क्षमताको बिद्युत प्रशारण लाइन निर्माण सकिएको छ । दाना र खुर्कोटमा सब स्टेशनका साथै प्रशारण लाइन निर्माण सकेर आन्तरिक परीक्षण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]