सप्तरी – बालिका बलात्कारको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका छन । गुराँस गाँउपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय राजन विक पक्राउ परेका हुन् ।
घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।डीएसपी श्रेष्ठका अनुसार स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको थियो ।पक्राउ परेका युवकलाई अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।