१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – झापालाई ‘सेल्टर’ बनाएर मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट विभिन्न समयमा चोरिएका १५ थान मोटरसाइकलसमेत बरामद गरेको छ ।

प्रहरीद्वारा बरामद चोरीका मोटरसाइकल र पक्राउ परेकाहरू । इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलनमार्फत मोटरसाइकल चोरीमा संलग्नहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इलामको माईनगर–२ का क्षितिज भनिने रोशन तामाङ, सोही स्थानका २० वर्षीय रोशन बुढाथोकी, माईनगर–६ का २० वर्षीय रोशन गिरी, सोही स्थानका २० वर्षीय राजेश गिरी र मनीष गिरी छन् । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ का २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङको सिदिङ्वा–४ का २२ वर्षीय सन्दीप लिम्बू पक्राउ परेका छन् ।प्रहरीका अनुसार केही दिनयता बिर्तामोड तथा आसपास क्षेत्रबाट दैनिक मोटरसाइकल चोरी भएको भन्दै उजुरी पर्ने गरेका थिए । त्यसपछि गिरोहको खोजीमा लागेको प्रहरी एक हप्तामा उनीहरूलाई पक्राउ गर्न सफल भएको डीएसपी मुकुन्द रिजालले जनाए ।

प्रहरीका अनुसार चोरी भएका मोटरसाइकल इलाम, पाँचथरलगायत जिल्लामा लगेर बेचेको खुलेको छ । ‘बिर्तामोडवाट चोर्ने, पहाडी जिल्ला पुर्‍याएर सस्तो मूल्यमा विक्री गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ,’ डीएसपी रिजालले भने, ‘यसपटक हामीले चोरीमा संलग्न गिरोहको सञ्जाल नै तोड्यौं ।’प्रहरीले उनीहरूलाई चोरीजन्य कसुरमा जिल्ला अदालत झापाबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]