२५ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – भारतीय चलचित्र सुपरस्टार रजनीकान्त यतिबेला आराम गरिरहेका छन्। केही दिन अगाडिमात्र अस्पतालबाट डिस्चार्ज भएका उनी यतिबेला घरमै आराम गरिरहेका हुन्।

बिरामी परेपछि उनले आफ्नो राजनीतिक दल खोल्ने पूर्वघोषणाबाट पछि हटेका थिए। ७० वर्षीय रजनीकान्त २९ डिसेम्बरमा आफ्नो पूर्वघोषित योजनाबाट पछि हटेका थिए। तर, उनलाई अझै पनि राजनीतिमा आउन दबाब आइरहेको छ। उनको समर्थक तथा शुभचिन्तकहरूले राजनीतिमा आउन दबाब दिन थालेका हुन्। चर्को दबाब आएपछि उनले एक ‘स्टेटमेन्ट’ नै जारी गरेका छन् र राजनीतिमा नआउने आफ्नो यसअघिको घोषणालाई दोहोर्‍याएका छन्।
तमिल भाषामा लेखिएको स्टेटमेन्टमा उनले भनेका छन्, “मैले पहिला नै विस्तृतमा बनाइसकेको छु कि म राजनीतिमा आउँदिन। कृपया मलाई बारम्बार तनाव दिने काम नगर्नुहोस्। मलाई राजनीतिमा आउन प्रेरित गर्ने काम पनि नगर्नुहोस्।”उनका केही समर्थकले चेन्नईमा जम्मा भएर प्रदर्शन गरेका थिए। उनीहरूले रजनीकान्तलाई आफ्नो यसअघिको अडान फिर्ता लिएर राजनीतिमा आउनुपर्ने बताएका थिए।

बिरामी भएपछि उनले आफू राजनीति वा चुनावमा नउठेरै जनताको सेवामा समर्पित हुने बताउँदै आएका छन्।ल्लड प्रेसरमा उतार-चढावका कारण उनी २५ डिसेम्बरमा हैदरावादस्थित अपोलो अस्पतालमा भर्ना भएका थिए। दुई दिन अस्पतालको बसाइँपछि उनी डिस्चार्ज भएका थिए।डाक्टरले उनलाई बढीभन्दा बढी समय ‘बेड रेस्ट’ गर्न सुझाएका थिए। यसअघि उनले ३१ डिसेम्बरमा नयाँ पार्टी घोषणा गरेर २०२१ को विधानसभा चुनाव लड्ने योजना बनाएका थिए।

यदि उनी चुनावमा उठेको भए आठौँ साउथ चलचित्र इण्डियन अभिनेता हुने थिए। अहिलेसम्म सातजना साउथ इण्डियन कलाकारहरू राजनीतिमा लागेका छन्।जसमा डा. एमजी रामचन्द्रन, एम करूणानिधि, जे जयललिता, कमल हासन, विजयकान्त, शरत कुमार तथा करूनास शामिल छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]