०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका समाजसेवी दीपकुमार भण्डारी, डाक्टर लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ ।

करिब ६ लाखको लागतमा कक्षा तीन सम्मका विद्यार्थीहरुका लागि कक्षा कोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तकहरु उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताए ।विज्ञहरुबाट छानिएका पुस्तकहरुको अध्ययनसँगै स-साना विद्यार्थीहरुको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको भण्डारीको भनाइ थियो ।शिक्षाविद् समेत रहेका डाक्टर आचार्यले विद्यार्थीहरुमा पठन-पाठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाहरुको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको धारणा राखे ।विद्यार्थीहरुलाई उनीहरुको स्तरअनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको आचार्यको दाबी थियो । अर्का समाजसेवी लामिछानेले शैक्षिकस्तरको अभिवृद्धिविना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताए ।राजधानीमा मंगलवार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्यलगायतले विद्यार्थीहरुमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

सामुदायिक विद्यालयहरुबाट सुरु गरिएको यस्तो अभियान फलदायी हुनेमा आफूहरु आशावादी रहेको उनीहरुले बताए । सहयोगी मन सामुदायिक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]