१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन १२, २०७७

सप्तरी–नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा २, तेह्रथुममा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ४९, संखुवासभामा १ र सुनसरीमा २० जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा २२, पर्सामा ७, बारामा ३, महोत्तरीमा २५, रौतहटमा १, सप्तरीमा १०, सर्लाहीमा ६ र सिरहामा ५५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ४९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा १७, दोलखामा १, धादिङमा ११, नुवाकोटमा ३, भक्तपुरमा ३६, मकवानपुरमा ४०, ललितपुरमा १ सय ३२, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा ३, तनहुँमा १७, नवलपरासी पूर्वमा २०, पर्वतमा ३, लमजुङमा ७, बाग्लुङमा १ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङमा २, नलवपरासीमा ५, प्युठानमा १, बर्दियामा २, बाँकेमा १६ र रुपन्देहीमा २० जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा २, दैलेखमा २, सल्यानमा २ र सुर्खेतमा २९, सुदूरपश्चिमको अछाममा १३, कैलालीमा ५०, बझाङमा १४ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]