मोरंग-बिराटनगर महानगरपालिका वडा न ८ मा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ बस्ने अन्दाजी बर्ष २० को मोहमद सहिद मिया, ऐऐ बस्ने बर्ष २५ को मोहमद असलम मिया, बस्ने बर्ष २२ को मोहमद फारूक मिया र बस्ने बर्ष २० को मोहमद हसरत मिया समेतले जिल्ला मोरङ बर्ष ३३ की राधा ( सांकेतिक नाम) विराटनगर बस्ने बर्ष २२ की सीता (सांकेतिक नाम) विराटनगर र बर्ष २७ की सांकेतिक नाम विराटनगर लाई जवरजस्ती करणी गरी हालसम्म फरार रहेका प्रतिवादीहरू मध्ये जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ बस्ने बर्ष २० को मोहमद सहिद मिया र बस्ने बर्ष २५ को मोहमद असलम मियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०६।११ गते विराटनगर महानगरपालिका वडा नं. ८ सुकुम्बासी टोलबाट पक्राउ गरेका छन । जवरजस्ती करणी उद्योग अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरंग ले जनाएका छन ।