राजविराज, १० साउन। कोरोना रोकथामका लागि तीन दिनदेखि निषेधाज्ञा जारी गरिएको राजविराज नगरपालिकामा सबैभन्दा बढी संक्रमित फेला परेको वडा नं. ६ लाई सिल गरिएको छ । १९ जना संक्रमित भेटिएको सो वडामा संक्रमितहरुको संख्या अझै बढ्न सक्ने आंकलनका साथ सडक नै अवरुद्ध गरि आवतजावत समेत बन्द गरिएको छ ।
गत असार ३१ गते वडा नं. ६ कै एक ७३ वर्षीय व्यवसायीको कोरोनाकै कारण मृत्यु हुनुका साथै उनका परिवारजन, कामदार, छिमेकी तथा उनका सम्पर्कमा आएका धेरै जनामा संक्रमण फेला पर्न थालिएपछि वडा सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले बताए । यसै संग सर्वाधिक संक्रमित भेटिएको वडा सिल
दिनदिनै संक्रमितको संख्या बढिरहेको सप्तरीमा शनिबार पनि थप ७ जनामा संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ४ सय २६ पुगेको छ ।