१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – झारफुकको क्रममा झाँक्रीले हानेको पन्युको चोटले एकजनाको मृत्यु भएको । रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पन्युले हान्दा जिल्लाको इस्मा गाउँपालिका – ३ दर्लामचौरका ६३ बर्षिया राम बहादुर मुखियाको ज्यान गएको प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

ढाड दुखेको निको पार्न भन्दै राम बहादुर झारफुक गर्न दुई छोराहरुको साथमा तम्घास स्थित धामिकै घरमा आएका थिए । चारदिनसम्म पनि रामबहादुरलाई खान नदिई तातो फलामे डन्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हानेको मृतकका छोरा हुम बहादुरले बताए ।बुधबारबाट मुखिया अचेत भएपछि धामि स्वयम् श्रेष्ठले आफ्नो घरमा केही अपरिचित व्यक्ति आई हल्ला मच्चाएको भनि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनको उजुरीपछि प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा उनकै घर पुगेको प्रहरीको समुहले धामिले हानेर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो । मृतक रामबहादुरको शरीरका सबैजसो भागमा निलडाम रहेको छ ।आफुलाई धामि दावी गर्ने श्रेष्ठले रेसुङ्गा नगरपालिका ५ भुवनपानीकी ४० बर्षिय टोपला दमाईलाई पनि गएको २४ पुसमा आफ्नै घरमा बोलाई तातो पन्युले हानेर घाइते बनाएका छन् ।

अहिले घाइतेको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने शवको पोष्ट मार्टमको लागि अस्पतालमा राखिएको छ । घटनामा संलग्न ३८ बर्षिया रामप्रसाद र उनकी श्रीमती ३६ बर्षिय शान्तिला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]