०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०१, २०७७

सप्तरी – नेपालमा विदेशी लगानी भित्र्याउने लगानीकर्तालाई दिइने भिसा सुविधालाई सरकारले थप प्रष्ट्याएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमार्फत कस्ता प्रकारका विदेशी लागानीकर्ताले कति समयको भिसा पाउने भनी यकिन गरिएको हो ।

भिसा सम्बन्धी नयाँ व्यवस्थाअनुसार नेपालमा १० करोड वा सो भन्दा बढी लगानी गर्ने र लगानीको २५ प्रतिशत रकम लगानी भित्र्याइसकेको अवस्थामा लगानीकर्ता वा प्रतिनिधि दुई जना व्यक्तिलाई व्यवसायिक भिसा उपलब्ध गराईने छ ।त्यस्तो भिसा लगानीकर्ताको दुई जना प्रतिनिधि र तीनका परिवारले पाउने छन् । यस्तै नियमावलीमा वैदेशिक लगानीकर्तालाई आवासीय भिसाको पनि व्यवस्था गरिएको छ । १० लाख डलर भन्दाबढी रकम वा सो बराबरको परिवर्त्य विदेशी लगानी गर्ने विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिलाई र परिवारका सदस्यलाई यस्तो भिसा प्रदान गरिने छ ।

यस्तो लगानीको ५० प्रतिशत लगानी बराबरको लगानी स्वदेशमा कायम रहेसम्म ती व्यक्तिले आवासीय भिसा प्राप्त गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । विदेशी लगानी ऐन कार्यन्वयन हुनुभन्दा अघि स्वीकृत भएको लगानीकर्ताको हकमा लगानी स्वीकृत हुँदाको बेला तोकिएको न्युनतम् रकमलाई न्युनतम् कुल लगानीयोग्य कायम गर्नु पर्नेछ ।विदेशी लगानी स्वीकृत गर्ने निकायमै लगानीकर्ता र सम्बन्धित अधिकारीले भिसाको लागि आवेदन गर्नुपर्ने पनि नियमावलीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]