१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०१, २०७७

सप्तरी – इन्डोनेसियाको गुफामा ४५ हजार वर्ष पुरानो भित्तेचित्र फेला परेको छ।पुरातत्त्वविद्हरूले जङ्गली सुँगुरको उक्त चित्र गुफाको भित्तामा कोरिएको अवस्थामा फेला पारेको बीबीसीले जनाएको छ।चौडाइ ५३ इन्च र लम्बाइ २१ इन्च रहेको उक्त चित्रमा देखिएको जीवको अनुहारमा सिङजस्तै गाँठाहरू छन्। त्यस्ता अवयव उक्त प्रजातिको जङ्गली सुँगुरको भालेका विशेषता हुन्।

यो अहिलेसम्म भेटिएका त्यस्ता कलाकृतिमा सबैभन्दा पुरानो भएको बताइएको छ।गाढा रातो गेरु रङ्ग प्रयोग गरी कोरिएको चित्र सुलावेसी द्वीपको एउटा दुर्गम उपत्यका अवस्थित लिएङ टेडोङ्गे गुफामा छ।उक्त चित्रले सो क्षेत्रमा मानव बसोबास रहेको पुरानो प्रमाण उपलब्ध गराएको विज्ञहरुको भनाइ छ।गुफामा चित्रमाथि क्याल्साइट अर्थात् चुन जमेको पत्ता लगाएपछि यूरेनीअम–सिरिज आइसटोप विधि प्रयोग गरेर चुन कति अघि जमेको थियो त्यो पत्ता लगाएका थिए।त्यसबाट उक्त चित्र कम्तीमा ४५,००० वर्ष पुरानो भएको निश्चित भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]