सप्तरी-बलि दिन भारत लगिरहेकै अवस्थामा सप्तरीकी एक बालिकालाई सशस्त्र प्रहरीको टोलिले उद्धार गरेका छन ।
सप्तरीको दौलतपुर गाउँपालिका ३ घर भएकी १८ वर्षीया युवतीलाई सशस्त्र प्रहरीले उद्धार गरेका छन । भारतीय सुरक्षा बलको सहयोगमा भन्टाबारी नाकाबाट उनलाई सकुशल उद्धार गरी तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी चार नम्बर गण सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलले जानकारी गराएका छन ।
पौडेलका अनुसार सप्तरीको अग्नीसाइबर कृष्णसवरण गापा ४ का २९ वर्षीय साहिल मन्सुरी, सप्तरीकै शम्भुनाथ नपा ७ का २२ वर्षीया सुचिनकला चौधरी र सिरहाको लहान नगरपालिका १९ का ३२ वर्षीय जीवन साह पक्राउ परेका हुन् ।
तस्करहरुले भारतको बिहार, भीमनगरको मन्दिरमा बलि चढाउन ति युवतीलाई भिभिन्न लोव लालच प्रलोवन दिएर लागिरहेको अवस्थामा पक्राउ परेको हो। फकाएर युवतीलाई ल्याइदिन पुजारीले पक्राउ परेकाहरुलाइ ३ लाख रुपैया दिएको पनि अनुसन्धानबाट खुलेको छ ।