सप्तरी – चन्द्रागिरी हिल्स लिमिटेडको ऋण मात्र २ अर्ब २० करोड रुपैयाँ रहेको पाइएको छ । कम्पनीले प्रकाशन गरेको आफ्नो वित्तीय विवरण उक्त विषय उल्लेख गरिएको हो । कम्पनीले उक्त ऋण २०१४ र २०१६ को सम्झौता अनुसार परियोजना निमार्णका लागि बैंकबाट लिएको जनाएको छ ।
उता कम्पनीको अधिकृत पूजिँ भने २ अर्ब मात्र रहेको छ । कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओमा अहिले सम्म कै धेरै १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको छ ।